तानसेन गोर्खेकोटको एकै घरबाट १३ तोला सुन र २५ हजार नगद चोरी

0 2,404

पाल्पा । पाल्पामा पछिल्ला केही दिन यता चोरीका घटनाहरु बढ्दै गएका छन् । तर चोरीमा संलग्नहरुको पहिचान हुन सकेको छैन । गएराति तानसेन नगरपालिका– १ गोर्खेकोटकी जानुका बस्याल माईत गएको अवस्थामा उनको घर अगाडिको च्यानल गेटमा लगाएको ताल्चा फुटाली घर भित्र पसि टिनको दराज खोली दराज भित्र रहेको नगद २५ हजार र सुनको बिभिन्न गरगहना गरि १३ तोला गरि १२ लाख रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

चोरी भएको भन्ने जनाकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अधिकृत सहितको अनुसन्धान टोली खटिई गई घटनामा संलग्न व्यक्तिहरुको खोजतलास एवम् थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । पछिल्ला केही दिनमा यस क्षेत्रमा चोरीका घटनाहरु बढ्दै गएपनि प्रहरीले चोरीमा संलग्नहरुको पहिचान गर्न नसकेको भन्दै स्थानीय चिन्ता ब्यक्त गरेका छन् ।

Comments
Loading...