तानसेन तीनधारा क्षेत्रको भिरालो जमिनमा बृक्षरोपण

0 106

पाल्पा । नेपाल सरकारले एक नागरिक एक फलफुलको विरुवा को नारा सहित आ.ब. ०७६, ०७७ लाई वृक्षारोपण बर्षको रुपमा मनाउने योजना अनुरुप जिल्लाका बिभिन्न स्थानमा बृक्षरोपण हुँदै आएको छ ।


तानसेन न.पा. वडा नं. ६, तीनधारा स्थित भिरालो जमिनमा तानसेन न.पा.का मेयर अशोक कुमार शाही सहित स्थानीय जनता लगायत नेपाली सेना गोरखदल गणबाट प्रमुख सेनानी सुरज थापा सहितको टोलीले लालिगुंरास, लहरे पिपल, खल्डकु, तेजपत्ता, बैंस, लप्सी, चिउरी, अमला र कपुरको विरुवाहरु संयुक्त रुपमा वृक्षरोपण गरेका छन् । बृक्षरोपण अभियान जिल्लाभर चलिरहेको छ ।

Comments
Loading...