तानसेन नगरपालिकामा अडियो नोटिस बोर्डको शुरुवात

0 215

तानसेन । तानसेन नगरपालिकाले यही २०७५ साल आश्विन ४ गते विहिवार देखि आफ्नो अडियो नोटिस वोर्डको शुरुवात गरेको छ । नगरपालिकाका सम्पूर्ण गतिविधिहरु एवं विभिन्न सूचनाहरु आम नगरबासी र सरोकारवालाहरुलाई समयमै सरल र सहज रुपमा उपलव्ध गराउने उद्देश्यले यो कार्यको शुरुवात गरिएको हो ।

यस बारे अडियो नोटिस नम्बर १६१८०७५५२०९०९ नम्बर मार्फत निशुल्क रुपमा नगरपालिकाको उल्लेखित जानकारी एवं सूचनाहरु सुन्न सकिने कुरा का.वा. नगर प्रमुख लक्ष्मीदेवी पाठकले बताइन् ।

यस बारेमा तानसेन नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश गैरेले सूचना बोर्डमा रहेर नगरपालिकाका हरेक गतिविधिहरु घर घरमै विभिन्न मोवाईल तथा टेलिफोनबाट सुन्न सकिने र आवश्यकता अनुसार सूचना प्रवाह गर्न र यसको प्रभावकारी प्रयोग हुने कुरा बताए । साथै उनले हर समय नगरपालिकाका सूचनालाई प्रविधि मैत्री बनाउन यस प्रकृतिको कार्यहरु लाई निरन्तरता दिन आफ्नो दृढ प्रयास रहने समेत जानकारी गराए ।

Comments
Loading...