तानसेन नगरपालिकाले गर्यो जिल्लामै पहिलो पटक नौमति बाजा प्रतियोगिता

0 215

पाल्पा । तानसेन नगरपालिकाको आयोजानमा जिल्ला स्तरीय नौमति बाजा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा तानसेन नगरपालिका ५ को सेतीपोखरी नौमति बाजा समुहले प्रथम हुन सफल भएको छ ।

प्रतियोगितामा जिल्लाका १० समुहले भाग लिएका थिए । तानसेनको टुडिखेल मैदानमा भएको प्रतियोगितमा लालुपाते नौमति बाजा समुह वडा नम्बर ७ दोस्रो र चण्डीटोल विकास नौमति बाजा समुह वडा नम्बर ११ तेस्रो भएका छन् ।

प्रतियोगितामा पहिलो हुनेले ५० हजार नगद, दोस्रोले २० हजार र
तेस्रो हुनेले १० हजार नगद प्राप्त गरेको छ । स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले जिल्लामै पहिलोपटक पन्चेबाजाको प्रतियोगिता आयोजना गरिएको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले बताए ।

Comments
Loading...