तानसेन नगरपालिका र चीनको लसानबीच भगिनी सम्बन्ध कायम हुँदै

0 227

पाल्पा । तानसेन नगरपालिका र चीनको लसान नगरबीच भगिनी सम्बन्ध कायम गरेर आफूहरू सुमधुर सम्बन्ध स्थापित गर्न लागेको तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले बताएका छन् ।

तानसेन नगरपालिकाको आयोजनामा शुक्रबार तानसेनमा भएको कार्यक्रममा दुबै देशका दुइ नगरबीच भगिनी सम्बन्ध कायम हुन लागेको बताइएको हो । मेयर शाहीले लसान नगर र तानसेन नगरपालिकाका बीचमा सम्बन्ध स्थापित भएपछि पर्यटन, शिक्षा लगायतका बिबिध क्षेत्रमा समन्वय गरि कार्यक्रम संचालन गर्ने योजना रहेको बताए ।
कार्यक्रममा चीनको लसान नगर र तानसेन नगरपालिकाको बीचमा यसअघि नै भगिनी सम्बन्ध कायम गर्ने तयारी रहेका चीनसम्बन्धी जानकार डा. सागर न्यौपानेले बताए ।

भगिनी सम्बन्ध स्थापित भएपछि लसान र तानसेन नगरका बीचमा शिक्षा, संस्कृति, प्रविधि, सीप, उद्योग, जनशक्ति उत्पादन, पशुपालन, पर्यटन र कृषि क्षेत्रमा सहकार्य हुने उनले बताए । भगिनी सम्बन्धले संस्कृति, भाषा, सीप, शिक्षा र प्रविधि क्षेत्रमा ज्ञान तथा अनुभव साटासाट गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा पत्रकारहरु झपेन्द्र गहिरे, जगदीश भट्टराई, रेखीराम राना, यज्ञमूर्ति तिमिल्सिना, कृष्ण पोखरेल, विष्णु खनाल लगायतले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रम तानसेन नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराईको संचालनमा चलेको थियो । कार्यक्रममा तानसेन नगरपालिकाकी उपमेयर लक्ष्मी पाठक, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे, वडा नं. ६ का अध्यक्ष सागरमान महर्जन लगायतको सहभागिता रहेको थियो ।

Comments
Loading...