तानसेन नगर युवा परिषदबाट अरुले पनि सिक्ने कि ?

0 53

पुरन पोखरेल
हामी यो समयमा बिश्वब्यापी कोरोना भाइरसको महामारी विरुद्ध लडिरहेका छौं । आशा छ छिट्टै मानव जाति यो मानवीय संकटलाई परास्त गर्न सफल हुनेछौं । नेपालले पनि यो संकटलाई सहजै परास्त गर्नेछ ।


देशको यो विषयम परिस्थितिमा अहोरात्र खटनुहुने डाक्टर, स्वास्थयकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत सबै सरोकारवाला निकायहरुलाइ धन्यवाद सहित आम नागरिकहरुलाई सुरक्षित रहन र घरमै बस्न आग्रह गर्दछु । कोभिड १९ ले हामीलाई धेरै मानवजातिको समानताको वास्तविक रुप समेत सिकाएको छ । यस घडीमा एकले अर्कालाई सहयोग गर्नु मानवीय कर्तव्य रहेको छ । देशका विभिन्न ठाउँहरुमा यतिबेला कृषिजन्त उत्पादनहरु नोक्सान भइरहेको हजारौं लिटर दुध लगायत उत्पादित बस्तु खेर गइरहेको र कतिपय ठाउहरुमा नस्ट भैरहेका खबरहरु आइरहेको छन् । धेरैले सरकारलाई धारेहात लगाइरहेका छन् । हामीसगं सहि दृष्टिकोण र बिचार भयो भने त्यसको ब्यबस्थापन गर्न अप्ठेरो छैन भन्ने उदाहरण तानसेन नगर युवा परिषदले दिएको छ । दैनिक उपभोग्य बस्तु सहज रुपमा नपाइरहेका बेला अर्गानिक उत्पादन यस्तो अबस्थामा जनताको घरमा पुग्नु धेरै उदाहरणीय कार्य हो यसको निम्ति म तानसेन युवा परिषदको सिङ्गो परिवारलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।


कृषिप्रधान मुलुकलाई आत्मनिर्भर बनाउन यो काम लकडाउन बाहेकको बेला पनि निरन्तर जारी राख्नु र सबैजसो ठाउँमा आन्तरिक उत्पादनलाई बढाउदै आयातित बस्तुलाइ रोक्नु आत्मनिर्भरताको बाटो हुनेछ । समृद्धिको आधार कृषि उत्पादन नै हो पहिला मानिसले बाच्न पाउनु पर्छ भन्ने पाठ बिश्व समुदायले सिकिरहेका बेला तानसेन नगर युवा परिषदले थालेको यो कार्य लाई सबै स्थानीय तह र केन्द्र सरकारले संचालन गर्न जरुरी छ । देश भित्रै रोजगारी शृजना र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन अहिले थालिएको तरकारी मात्रै होइन दुग्ध जन्य उत्पादन ,खाद्यान्न लगाएत अन्य घरायसी उत्पादन लाई समेत बजारको पहुच सम्म ल्याउन जरुरी छ र आगामी दिनमा युवा परिषदले त्यसतर्फ पनि ध्यान दिनेछ । आज सिङ्गो युवा जमात सामाजिक संजालमा आरोप प्रत्यारोप खेलिरहेका छ्न यसको सट्टा सामाजिक दाइत्यव लाई पूरा गर्ने तरकारी एम्बुलेन्सको माध्यम उपयुक्त बन्न सक्छ । मदनपोखरा मात्रै होइन बन्दिपोखरा,बैघागुम्बा,अर्गली,छेर्लुङ र मुझुङ लगाएता थुप्रै ठाउँ कृषिजन्य उत्पादनका हिसाबले महत्त्वपूर्ण ठाउँ हरु हुन इ ठाउँ हरुबाट समेत यो कार्यको थालनी हुनेछ ।


देशलाई समृद्ध बनाउने खोक्रा भाषण बाज हरुले भाषणको सट्टा यस्ता नमुना कार्यलाई प्रत्येक ठाउँ लागू गर्नुपर्ने देखिन्छ साथै आज करोडौंको कृषि उपज नस्ट भैरहेको,किसान मारमा परिरहेको र आम उपभोक्ताले अर्गानिक उत्पादन नपाइराखेको अबस्थामा स्थानीय सरकार ,प्रदेश सरकार र केन्द्र सरकारले टुलुटुलु दुर्दशा हेरेर बसिरहेको अबस्थामा तिनै तहाका सरकारको लागि यो संदेश पुगोस र पुग्नेछ देशका धेरै ठाउँका युवा साथीहरूले यस्ता संदेशहरु दिनेछन् । तानसेन युवा परिषदले राज्यलाई दिएको सकारात्मक संदेश प्रती आभार ब्याक्त गर्द्छु । पुर्ण रुपमा निस्पक्ष ढंगले सफल होस शुभकामना ।
लेखक अखिल छैठौका केन्द्रय सदस्य हुन् ।

Comments
Loading...