तानसेन र बगनासकालीमा युद्यम गर्न चाहनेलाई सस्तो ब्याजमा ऋण

0 216

पाल्पा । तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाले स्वरोजगारमुलक ब्यवसाय गर्न चाहने ब्यक्तिहरुका लागि प्रसस्त सहयोगको प्याकेज ल्याएका छन् । तानसेनले केही महिना अघि देखि नै यो प्रयास थालेको थियो भने बगनासकालीमा मंगलबार दुई पक्षीय सम्झौता भएको छ । नेपाल बैंकसितको सहकार्यमा गाउँपालिकाले सहलुलियत ब्याजमा उत्पादनमुलक कर्जा प्रदान गर्न लागेको हो । अहिले पनि धेरै युवाहरु परदेशी हुने क्रम रोकिएको छैन, बिदेशबाट फर्केकाहरु पनि नेपालमा काम गर्ने बातावरण छैन, वातावरण भएपनि लगानी गर्ने पैसा छैन भन्दै पुनः बिदेश फर्कने तयारीमा छन् । गाउँ बस्तीमा मान्छे छैनन्, उत्पादनमुलक जग्गाजमिन बाझो हुँदैछन्, जर्जर हुँदैछन् । यसको कारण युवा पलायन नै हो । पुर्खाले रोप्दै आएको खेत बाझो भएको, बारी बाझो भएको छैन । खाद्यन्नमा परनिर्भर हुनुपरेको छ । यो देशभरिकै ग्रामीण क्षेत्रको समस्या हो ।

गाउँपालिकाको नयाँ कार्यक्रम अन्र्तगत युवाहरुले कृषि पशुपालन तथा अन्य स्वरोजगारमुलक ब्यवसाय गर्नका लागि बिना झण्झट १ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म सहुलियत ब्याजमा कर्जा प्राप्त गर्दछन् । यसमा उद्यमीले धितो समेत राख्नुपर्दैन । धितोको लागि पालिकाले बैंकसित आर्थिक रुपमै सहकार्य गरेको छ । कर्जा लिन चाहने ब्यक्तिले प्रस्तावपत्र बनाउनुपर्ने, यता उता गर्दा गर्दै झण्झटिलो प्रक्रियाका कारण कर्जा पाउन ढिलाई हुने समस्या अब हुने छैन । गर्न चाहेको काम र कामको तदारुकताको अवस्था हेरी बैंकले कर्जा दिन्छ ।

यसरी लिएको कर्जामा ब्याज पनि निकै कम छ । जसका कारण उद्यमशीलतातर्फ उन्मुख हुन चाहने ब्यक्तिका लागि बढी लाभदायक हुन सक्छ । तानसेन नगरपालिकाले पनि नेपाल बैंकसितको सहकार्यमै यसप्रकारको कार्यक्रमबाटै सहुलियत ऋणको ब्यवस्थापन गरि कार्यान्वयनमा लगेको छ । यसबाट धेरै उद्यमीहरु लाभान्वित भइसकेका छन् । यस अन्र्तगत महिला उद्यमीका लागि त झनै सस्तो ब्याजमा कर्जा लिन सकिने अवस्था छ । अव नेपालमै काम गर्न चाहन्छु, पाखो बारीमा उद्यमशीलता देखाउन चाहान्छु त्यसका लागि पैसा छैन भन्ने युवाहरुको समस्या समाधान हुनेछ । उनीहरुले सजिलै कर्जा लिई आफ्नो उत्पादनमुलक कार्यलाई अगाडि बढाउन सक्नेछन् । जव युवा उद्यमशील हुन्छन् तव आन्तरिक उत्पादन बढ्छ, आम्दानी बढ्छ बिदेश पलायन हुने क्रम स्वत कम हुँदै जानेछ । यसर्थ यो कार्यक्रम निकै प्रभावकारी रहन्छ । त्यसैलेले तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाले जस्तै अन्य पालिकाहरुले पनि यसप्रकारको कार्यक्रम बनाउन आवश्यक देखिन्छ ।
पाल्पा समाचारपत्र बर्ष १० अंक २५ को सम्पादकीय

Comments
Loading...