तिनाउँमा अडियो नोटिस बोर्डको सुरुवात

0 151

तिनाउँ (पाल्पा) तिनाउँ गाउँपालिकाले आफ्नो अडियो नोटिस वोर्डको शुरुवात गरेको छ । नगरपालिकाका सम्पूर्ण गतिविधिहरु एवं विभिन्न सूचनाहरु आम नगरबासी र सरोकारवालाहरुलाई समयमै सरल र सहज रुपमा उपलव्ध गराउने उद्देश्यले यो कार्यको शुरुवात गरिएको हो ।

यस बारे अडियो नोटिस नम्बर १६१८०७५४१३०६४ नम्बर मार्फत निशुल्क रुपमा गाउँपालिकाका योजना तथा गतिबिधिहरुबारे जानकारी लिन सकिने गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए ।
यसले गाउँपालिकाको सेवाप्रवाह लगायतका विषयमा जान्न सेवाग्राहीहरुलाई सहज हुने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । यसअघि तानसेन नगरपालिकाले पनि यो सेवा सुरु गरिसकेको छ ।
अडियो सेवा नेपाल टेलिकमबाट निःशुल्क रुपमा उपलब्ध हुनेछ । नोटिस बोर्डमा स्थानीय तहका काम कारबाही, सूचना र जानकारीमूलक कुरा सेवाग्राहीले सजिलै पाउन सकिन्छ ।

‘‘एक जना कर्मचारीको आवाजमा स्थानीय तहका सूचना र जानकारीमूलक कुरा रेकर्ड गरेर नोटिस बोर्डमा राखिन्छ’, यसरी राखिएको नोटिस बोर्डको सूचनालाई सेवाग्राहीले २४ घण्टा फोन गरेर सुन्न सक्दछन् । नोटिस बोर्डमा २ देखि ३ मिनेटसम्मको आवाज रेकर्ड गरेर राखिन्छ ।

Comments
Loading...