दर्लमडाँडा माविको अध्यक्षमा कोशल न्यौपाने

0 133

नेत्र गैरे । पाल्पा
दर्लमडाँडा माध्यमिक बिद्यालयको बिद्यालय बगनासकाली ५ दर्लमडाँडाको व्यवस्थापन समितिको पुर्नगठन भएको छ ।


बिद्यालयमा पठन पाठन गर्ने बालबालिकाका अभिभावकहरु बाट थर्कराज गैरे, सुमित्रा न्योपाने, लिला रेग्मी र कृष्ण प्रसाद कोईराला लाई बिद्यालयका अभिभावकहरुले सर्वसम्मत सदस्यमा चयन गरे पश्चात निर्वाचित सदस्यहरु बाट शिक्षाप्रेमी कोशलराज न्यौपाने र भुमीसरा खाम्चालाई मनोनित गरेको सदस्य थर्कराज गैरेले बताए ।


निर्वाचित जेष्ठ सदस्य कृष्ण प्रसाद कोईरालाको अध्यक्षतामा बसेको बैठकले कोशलराज न्यौपानेको अध्यक्षतामा समितिले पुणर््ाता पाएको समितिका सदस्य गैरेले बताए । समितिमा जन प्रतिनिधिको तर्फबाट टोप बहादुर न्यौपाने र बिद्यालयका प्रधानाध्यापक थमन सिं थापा रहेका छन भने शिक्षक प्रतिनिधिको छिट्टै नै चयन गरिने बिद्यालयले जनाएको छ ।


कार्यक्रममा बिद्यालयका निबर्तमान अध्यक्ष मुक्तिराम शर्माले निर्वाचित समितिका अध्यक्ष लगायत सदस्यहरुलाई कार्यकालको सफलताको शुभकामना दिदै अघिल्लो कार्यकालमा गरि आएका काममा निरन्तरताका लागि आफुहरुको साथ र सहयोग रहने बताए । यस्तैगरि नव निर्वाचित अध्यक्ष कोशलराज न्यौपानेले बिद्यालयको शौक्षिक भौतिक बिकासमा आफु र नव गठित समितिले सबैको साथ र सहयोगमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

Comments
Loading...