दर्लम महाकालीमा १ लाखको अक्षयकोष स्थापना

0 206

पाल्पा । बगनासकाली गाउँपालिका–९ केवराचिदीकी इश्वरा बस्यालले आफ्ना पति स्वः ठानेश्वर बस्यालको स्मृतिमा दर्लम महाकाली मन्दिरमा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

उक्त रकमको ब्याज हरेक बर्ष महाकालीको रथयात्रा हुने रथयात्रामा प्रयोग गर्ने गरि उहाँले उक्त अक्षयकोष स्थापना गर्नुभएको हो ।
छोराहरु कृष्ण बस्याल, बिष्णु बस्याल, बुहारीहरु कमला बस्याल र अञ्जु बस्याल, नातिहरु बिशाल बस्याल र रुविन बस्याल तथा नातिनीहरु सृजना बस्याल र रुवि बस्यालकी आमा हजुरआमा इश्वराले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

मन्दिर व्यवस्थापन समितिका ङणराज गैरे, पिताम्बर शर्मा, मुक्तिराम शर्मा सहित वडाध्यक्ष ओमप्रकाश गैरे, वडा सदस्य प्रकाश न्यौपाने लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

Comments
Loading...