दर्शक श्रोता माझ आयो लोकदोहारी ‘मुलको पानी’ (भिडियो सहित)

0 765

पाल्पा । नेपाली लोक तथा दोहोरीको क्षेत्रमा नयाँ नयाँ गीतहरु आउने क्रम जारी नै छ । यसैक्रममा सफल सर्जक शरद पाण्डेयको शब्द संगीत रहेको मुलको पानी नामक गीत युट्युव मार्फत सार्वजनिक भएको छ ।

लोकप्रिय गायक कुलेन्द्र बिक र लोकप्रिय गायिका सुशिला थापाको स्वर रहेको यो गीत दर्शक स्रोताले मन पराएका छन् । चर्चित मोडल तथा निर्देशक शंकर बिसिको निर्देशन रहेको यो गीतको भिडियोमा शंकर बिसी सहित, अर्जुन गौतम, रुविना अधिकारी र दीक्षा श्रेष्ठको अभिनय रहेको छ ।

जुन गीतको भिडियोको छायांकन सफल छायांकर दुर्गा पौडेलले गरेका छन् । गीतको भिडियो कृष्ण फिल्मस् एण्ड एडभरटाइजिङले गरेको छ । यो गीतको भिडियो गायिका शुसिला थापाको युट्युव च्यानलबाट बजारमा आएको छ । गीतको पुरा भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्न सक्नुहुनेछ । 

Comments
Loading...