दर्शक स्रोताको मन जित्दै ‘रुमाल झोलामा’ (भिडियो सहित)

0 237

पाल्पा । नेपाली लोकदोहोरीको क्षेत्रमा रुमाल झोलामा नाम गीति संग्रहले दर्शक श्रोताको मन जितेको छ । लोक तथा दोहोरी गायक बिरबल ढकालको नयाँ सांगीतिक कोशेली रुमाल झोलामा बोलको गीत हालै युटुब मार्फत सार्वजनिक भएको छ ।


गीतमा बिरबल ढकाल र पछिल्लो समयमा अत्यन्त चर्चित गायिका कमला पोखरेलको स्वर रहेको छ । गीतमा शब्द काजीबाबु अर्यालको रहेको छ ।


गोरखा चौतारी म्युजिक प्रा.लि मार्फत बजारमा आएको उक्त गीतको म्युजिक भिडियोमा चर्चित मोडल तथा गायक दुर्गेश थापा र नायिका रक्षा श्रेष्ठको उत्कृष्ट नृत्य रहेको छ । गीत सार्वजनिक भएको दुई दिनमै राम्रो सफलता पाएको छ ।

Comments
Loading...