दिक्तेलमा बाँदर धपाउने मिटिङमा बाँदरनै उपस्थित भएपछि

0 170

काठमाण्डौ । बाँदर नियन्त्रण गर्ने सम्बन्धमा खोटाङको दिक्तेल बजारमा भएको वृहत भेलामा बाँदरनै उपस्थित भएका छन् । जिल्लाका किसानले खेतबारीमा लगाएको अन्नबाली सखाप बनाई घरघरमै आएर उठीबास लगाउने गरेका छन् ।बाँदरले अचाक्ली दुःख दिन थालेपछि तामाकोसी गाउँपालिकाले ‘बाँदर घाँस’ रोप्ने नीति लिएको छ । पहिलो चरणमा भीरकोटमा ‘मोलासेस’ जातको घाँस रोपेर बाँदरको क्षति रोकथाम गरिएको हो । ‘बाँदर घाँस’ रोपेपछि बाँदरको बिगबिगी घटेको भीरकोटवासीले बताएका छन् ।मोलासेस जातको घाँसमा बाँदरलाई मन नपर्ने गन्ध आउने, बोट बाक्लो हुने, पातमा झुस आउने र च्यापच्याप लाग्ने तेलजस्तो पदार्थ निस्कने भएकाले बाँदर यसको वरिपरि नै जाँदैन ।

यो घाँसबाट निस्कने झुस शरीरमा टाँसिएपछि निकाल्न नसकिने भएकाले बाँदर टाढैबाट फर्किने गरेको गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले बताए । गाउँपालिकाका अन्य ठाउँमा पनि यो घाँस रोप्न किसानलाई प्रोत्साहित गरिएको उनले जानकारी दिए ।भीमेश्वर नगरपालिकाले भने बाँदर स्थानान्तरणका लागि ८ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरभित्र बढ्दै गएका बाँदरलाई ‘मंकी क्याचर’ मार्फत राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्न उक्त रकम छुट्याएको हो । उक्त रकमबाट नगरभित्रका बाँदर व्यवस्थापन हुने विश्वास गरिएको छ । नगर प्रमुख भरत केसीले भने, ‘यसबाट नभए अरू नै उपाय अपनाउने कि भन्नेबारेमा पनि छलफल भइरहेको छ ।’

बाँदरको दबदबा जंगल छेउका प्रायस् सबै वडामा छ । जंगल छेउका खेतीपाती सखाप पारेको गुनासाले भरिएका निवेदन धेरै आएका छन् । नगरको पश्चिमी बोचस्थित बाह्रकुच्चेका २५ परिवारले त बस्ती नै छाडे ।‘खेतीपातीमा मात्रै होइन, बाँदरको निसाना भूकम्प पछि बनेका टहरामा पनि परेपछि बस्ती छाड्यौं,’ ७० वर्षीय कमलबहादुर बस्नेतले भने, ‘उब्जनी जति तिनीहरूकै भोजन भयो, चित्रा च्यात्दै टहराभित्र पस्न थालेपछि सर्‍यौं ।’ उनीहरू बोचको पुरानो ३ नम्बरबाट ४ मा सरेका छन् । भीमेश्वर–८ का वडाध्यक्ष न कुल केसीले बोचलगायत सबै वडामा बाँदरको क्षति बढेपछि बजेट छुट्याउनुपरेको बताए ।बाँदरले जिल्लाभरि नै दुस्ख दिइरहेकाले सबै तहले कुनै न कुनै उपाय खोजिरहेका छन् ।
copy online

Comments
Loading...