दुःखका बेला सरकार आयो भन्दै ज्यालादारीबाट गुजारा चलाउनेहरुको मुहारमा खुशी

0 83

पाल्पा । बगनासकाली ९ चापपानीका ७० वर्षीय रविलाल सारु स्थानीय सरकारको तर्फबाट राहत सहयोग पाउँदा खुशी छन् । उनी मात्रै हैन सोही वडाकी मन कुमारी बिकले पनि कोरोना त्रासले काम गरि खान नसक्ने अवस्था भएको बेला अत्यावश्यक खाद्यन्न राहत स्वरुप पाउँदा खुशी ब्यक्त गरिन् । बिहीवार बगनासकाली गाउँपालिकाले चापपानीमै पुगेर प्रदान गरेको राहत सामाग्री बुझ्दै उनीहरुले आफूहरुले मत दिएको बनाएको सरकार आफूहरुकै लागि रहेछ भन्ने कुराको महसुस भएको बताए ।


कोभिड १९ अर्थात् कोरोना भाइरसको त्रास बढेसँगै सरकारले लकडाउनको घोषणा गरेपछि दैनिक ज्यालादारीबाट गुजारा चलाउँदै आएका गरिव तथा बिपन्न परिवारका लागि जिल्लाका बिभिन्न स्थानीय तहहरुले राहत प्याकेज अगाडि सारेका छन् ।


सोही क्रममा जिल्लाको बगनासकाली गाउँपालिकाले आफ्ना ९ वटा वडा अन्र्तगत रहेका गरिव बिपन्न तथा दैनिक ज्यालादारीबाट गुजारा चलाउँदै आएका ३८० घरलाई प्रतिघर २० केजी चामल, १ केजी दाल, १ लिटर तेल र १ केजी नुन बितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । बिहीवार अधिकांशका लागि राहत बितरण गरिएको छ र शुक्रवार वडा नं. १ चिर्तुंगधारा र वडा नं. ५ दर्लमडाँडामा छुट भएका परिवारलाई राहत बितरण गर्ने कार्यक्रम रहेको उनले बताए । वडा कार्यालय मार्फत सम्भव भएसम्म टोल मिलाएर र सम्भव नभएमा वडा कार्यालयमा राहत बितरण कार्यलाई अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले बताए ।

वडाभित्रका गरिव तथा बिपन्न परिवारका र अधिकांश दैनिक ज्यालादारीबाट गुजारा चलाउने परिवारलाई राहतका लागि सिफारिस गरिएको वडा नं. ९ चापपानीका वडाअध्यक्ष ठानेश्वर तिमिल्सिनाले बताए । तिनाउँ गाउँपालिकाको वडा नं. २ का ५२ घरपरिवारलाई छनौट गरि राहत बितरण गरिएको र अन्य वडामा समेत सोही अनुसारको राहत बितरण गरिने वडाअध्यक्ष राजेश श्रेष्ठले बताए । अन्य बाँकी स्थानीय तहहरुले पनि गरिव तथा ज्यालादारीबाट गुजारा चलाउँदै आएका परिवारको लागत संकलन गरेको र छिटै राहत बितरण कार्य अगाडि बढाइने जनाएका छन् ।
त्यस्तै तानसेन नगरपालिका अन्र्तगत तानसेन बजारका बिभिन्न स्थान, रामपुर नगरपालिका अन्र्तगत रामपुर बजार क्षेत्र र बगनासकाली गाउँपालिका अन्र्तगत बिभिन्न बजारहरुमा किटनासक बिषादी छर्कने कार्य भएको छ ।


तानसेनस्थित पाल्पा अस्पताल, रामपुर अस्पताल, मिसन अस्पताल र लुम्विनी मेडिकल कलेज प्रभासमा ज्वरो र रुघाखोकीका बिरामीहरुको नियमित जाँच भएको छ । जाँचका क्रममा कोरोना भाइरस संक्रमणको लक्षणसँग मिल्ने कुनै पनि बिरामी फेला नपरेको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत यज्ञश्वर पन्थीले बताए ।


पाल्पा अस्पताल, मिसन अस्पताल, रामपुर अस्पताल र लुम्विनी मेडिकल कलेजले ज्वरो, रुघाखोकी लगायतका बिरामीका लागि छुट्टै फिभर क्लिनिक सञ्चालनमा ल्याएर जाँच गरिरहेको उनले बताए ।

Comments
Loading...