दुःखले कमाएको पैसाले दुखेको घाउमा मलम पट्टि लगाउँदै पाल्पाली सेवा समाज कतार

0 154

पाल्पा । पाल्पामा जन्मेर रोजगारीको सिलसिलामा कतारमा रहेका पाल्पालीहरुको संस्था पाल्पाली सेवा मार्फत नेपाल र कतारमा पनि बिभिन्न रचनात्मक कार्यहरु गर्दै आएको छ ।
यो संस्थामा आवद्ध पाल्पालीहरु र अन्य युवाहरुको सहयोग मार्फत समाजले नेपालका दुःखी तथा गरिवको घाउमा मलम पट्टि लगाउँदै आएको छ ।

हाल शिक्षण अस्पताल काठमाडौँमा रामपुर नगरपालिका ५ का मृर्गौला बिरामी ३२ वर्षीया भगवती सुनारको उपचारका लागि समाजले ५१ हजार १० रुपैयाँ उपलब्ध गराएको छ । उक्त रकम रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापाले भगवतीका श्रीमान् कृष्ण सुनारलाई हस्तान्तरण गरे ।

गत भदौदेखि उनको मृर्गौला सम्वन्धी समस्या देखिएको सामाजिक संजाल सहित विविध तबरबाट जानकारी भएपछि कतारका नेपालीले सो रकम संकलन गरेका हुन् । पुरानो बौदीकाली ३ रकुवा घर भई हाल रामपुर ५ बेझाँडमा स्थायी बस्दै आएका भगवतीको लागि पाल्पाली समाज कतारको समन्वयमा पाल्पाली युवाहरुले रकम संकलन गरिएको समाजका महासचिव रामलाल खातीले बताए ।

उक्त रकम हस्तान्तरण गर्दै मेयर थापाले रकमको सही सदुपयोग गर्न पीडित परिवारमा आग्रह गर्दै आवश्यक सहयोग नगरपालिकाले गर्ने बताए । उनले विदेशमा रहेका नेपालीले स्वदेशमा परेको दुखमा गरेकोमा सहयोगीहरुलाई धन्यवाद दिए ।

रकम हस्तान्तरण कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, रामपुर ५ का वडा अध्यक्ष हिमाल मल्ल, योजना अधिकृत कपिल बहादुर खाण, पत्रकार सीता डोटेल, इमान सिं राना, रामपुर नगरपालिकाका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । सो अवसरमा मृगौला पीडित भगवतीको वर्तमान स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिदै श्रीमान् कृष्ण सुनारले सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गरे । समाजले आगामी दिनमा पनि यस्ता प्रकारका सहयोगहरु जुटाउँदै जाने समाजका सचिव अर्जुन पाठकले बताए ।

Comments
Loading...