दुई पार्टी मिलेर नेकपा बन्यो, संयुक्त रुपमै जनयुद्ध दिवस मनाइयो

0 191

दयाराज न्यौपाने । पाल्पा
२४ औं जनयुद्ध दिवस जिल्लाभर विविध कार्यक्रमका साथ मनाइएको छ । तत्कालिन नेकपा माओवादीले आफ्नो ४० बुँदे माग माघ २१ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझएपनि त्यसको सम्बोधन नभएपछि २०५२ फागुन १ अर्थात आजकै दिन जनयुद्धको सुरुवात गरेको थियो । त्यतिबेला माओवादीले जनताको अधिकारको लागि भन्दै जनयुद्ध सुरु गरेको थियो ।

तत्कालीन माओवादी र नेकपा एमाले मिलेर अहिले नेपाल कम्युनिष्ट पार्टी बनेको छ । यो पार्टीले एकीकरणको पहिलो वर्ष नेपाल कम्युनिष्ट पार्टीले नै जनयुद्ध दिवस मनायो । दिवसको अवसरमा बगनासकाली गाउँपालिकाका अगुवा कार्यकर्ताहरुको भेला सम्पन्न भयो । भेलामा सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सदस्य देवीप्रसाद बस्यालले नेपालको राजनीतिक परिवर्तमा सहिदहरुको योगदान कसैले बिर्सन नसक्ने बताए ।

कार्यक्रममा पार्टीका नेता कमल पाण्डे, कृष्ण भुसाल, सरस्वती दर्लामी चिदी, टिका बहादुर थापा, इश्वर राना, लोक कुमारी बस्याल लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रम सचिव कोशलराज न्यौपानेको संचालन र अध्यक्ष हरिप्रसाद पाठकको अध्यक्षतामा चलेको थियो ।

Comments
Loading...