दुई महिने आधारभुत तथा एडभान्स कम्प्युटर तालिम सम्पन्न

0 164

पाल्पा । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा जिल्लाका द्वन्द प्रभावित परिवारलाई २ महिने आधारभूत तथा एडभान्स कम्प्यूटर तालिम समापन भएको छ ।

तानसेनको न्यू डाइनामिक कम्प्यूटर एकाडेमीमा भएको तालिमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही थिए । प्रमुख अतिथि शाहीले अहिलेको २२ औं शताव्दीमा कम्प्यूटर शिक्षा अनिवार्य भएकाले सबैले सिक्नुपर्ने बताए ।

कार्यक्रममा न्यायका लागि द्वन्द पीडित समाज पाल्पाका अध्यक्ष होमनाथ पोखरेलले विभिन्न समयमा भएका घाइते, अपाङ्ग, द्वन्द्व प्रभावित व्यक्तिलाई प्राविधिक ज्ञान दिन सहयोग गरेकोमा आयोजकलाई धन्यवाद दिए । समाजका उपाध्यक्ष सिता जिसीले अन्य गाउँपालिका र नगरपालिकाले समेत द्वन्द्व पीडित परिवारलाई सीप मुलक तथा चेतनामुक कार्यक्रम दिनुपर्ने बताए ।

तालिमका प्रशिक्षक न्यू डाइनामिक एकाडेमीका म्यानेजिङ्ग डाइरेक्टर अमृत अधिकारीले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उत्र्तान सिकारुलाई आग्रह गरे । पत्रकार महासंघका केन्द्रीय सभासद् रेखीराम रानाले मोवाइल, कम्प्यूटर जस्ता विषय सिक्नु अहिले अनिवार्य भएको बताए ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख बालकृष्ण गैरेले द्वन्द्व प्रभावित व्यक्तिलाई केही राहतका लागि तालिमको व्यवस्थापन गरिएको बताए । उनले सीप सिकेर जिविकोपार्जन गर्नमा लगाउन आग्रह गरे ।

Comments
Loading...