दुर्गम गाउँमा पुगेर जिल्ला सुरक्षा समिति बैठक

0 143

एवत सारु । (रम्भा) पाल्पा
पाल्पा जिल्लाका स्थानीय तह तथा सुरक्षा निकायको संयुक्त बैठक रम्भा गाउँपालिकाको फोक्सिङ्गकोटमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति पाल्पाका कार्यवाहक प्रमुख मीरा मरासिनीको अध्यक्षतामा बसेको बैठकले जिल्लाको शान्ति सुरक्षा, कोरोना भाईरसको संक्रमण, विकास निर्माणका गतिविधि तथा समसामयिक विषयमा छलफल गरेको छ ।

बैठकमा जिल्लाका १० स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्ष, जिल्ला प्रशासन कार्यालयका प्रमुख, गोरखदल पाल्पाका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुुख तथा विभिन्न गाउँपालिका तथा नगरपालिकाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।

फोक्सिङ्गकोटको उपहार महिला उद्यमी सहकारी संस्थाको सभाहलमा बसेको बैठकमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न जिल्लाका नागरिकलाई सचेत बनाउने विषयमा छलफल चलाईएको थियो । यसै गरि विभिन्न स्थानीय तहमा भए गरेका विकास निर्माणका कार्यहरुको समीक्षात्मक छलफल चलाईएको रम्भा गाउाँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो ।

उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाको सभा हलमा बसेको बै

Comments
Loading...