दुर्घटना अपडेटः राति अवेरसम्म पनि उद्धार हुन सकेन (प्रहरीको विज्ञप्ति सहित)

0 30

पाल्पा । तानसेनबाट रिब्दीकोट गाउँपालिका, ६ ठिमुरेतर्फ जाँदै गरेको बा १ च ८९७० नम्बरको जीप बेलुकी ६ बजेतिर ठिमुरेको देउरालीमा दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । तर यो समाचार तयार पार्दासम्म पनि उनीहरुको उद्धार हुन सकेको छैन ।

बेपत्ता हुनेमा तानसेन नगरपालिका ,१० गणसालका २६ वर्षीय विवेक पौडेल र ३६ वर्षीय डोल्पाली भन्ने टंक चलाउने रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ताहरूको खोजीकार्य जारी छ । जीप सडकभन्दा ६० मिटर तल खसेको छ । जीप अप्ठेरो खोचमा खसेको, माथिबाट पहिरे समेत झरेको र उनीहरुको उद्धारमा समस्या भएको बताइएको छ ।

एक जनालाई जीपले च्याएको अवस्थामा देखिएपनि जीप उठाउन सक्ने मेसिनको अभावमा उनको समेत उद्धार भएको छैन । अहिले राति भइसकेकोले उद्धार हुन नसकेको तर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...