दुवईमा पहिलो पटक महायज्ञ हुँदै, पाल्पा समाचारपत्र अफिसियल मिडिया

0 221

पाल्पा । दुबई पहिलो पटक महासंघ हुने भएको छ । आउँदो अक्टोबर ५ तारिख अर्थात् घटस्थापनाको दिन देखि बडा दशैको दिनसम्म हुने ९ दिने अनुष्ठानमा नेपालबाट सन्त श्री दिन दयाल महाराज ज्युको मुखारबिन्दबाट आर्शिबचन र शितलकृष्ण महाराज ज्युको मुखारबिन्दबाट संत्सग र बाल ब्यास श्री श्रवण न्यौपानेको मुखारबिन्दबाट पुजा पाठ पारायण आयोजना गरिएको बताइएको छ ।

एनआरएनए अध्यक्ष तथा फिस्टेल ट्राभेल एण्ड टुरिजम र ग्रिनलाइन ट्राभेल एण्ड टुरिजमका प्रोप्राइटर ठाकूर प्रसाद ढुंगाना मुलकर्ता रहनुभएको उक्त अनुष्ठानमा नित्य पूजा, कथा श्रवण तथा भजन कीर्तन लगायतका कार्यहरु हुने बाल ब्यास श्रवण न्यौपानेले बताउनुभयो । उक्त महायज्ञमा पाल्पा समाचारपत्र साप्ताहिक तथा पाल्पा समाचार डटकम अफिसियल मिडियाको रुपमा रहेको छ ।

Comments
Loading...