देबी बन्दना सहित बिसाइयो मारुनी

0 24

एवत सारू । रम्भा (पाल्पा)
रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटको रानीबासमा नाचिने मारुनी नाच यस वर्षको लागि बिसाईएको छ । सरस्वती देवीको बन्दना गरि यस वर्षलाई नाच बिसाईएको हो । गाउँको माझमा देवी बिसाउनी स्थान बनाएर १४ वटा देवीदेउताको नाम पुकारी नाच बिसाउनी गरिन्छ । मारुनी नाच नाच्दा प्रयोग गरिने मादल, झेली, मजुरा, कण्ठ, फरिया, पटुकी, चोली लगायतका सामानलाई पुजा गरिनुका साथै सरस्वती देवीले हामी सबैको रक्षा गरुन भन्ने गीतहरु गाउने चलन छ ।

यस वर्ष नाचमा नाच्ने गाउने, मादल बजाउने हरेकले आफ्नो तर्फबाट एउटा कुखुरा पुजा गरि देवीलाई धन्यवाद समेत दिएका छन् । मारुनी नाचबाट यस वर्ष ८८ हजार १२३ रुपिया आम्दानी भएकोमा मादल मरम्मत तथा सामग्री खरिदको लागि १३ हजार ३ रुपिया छुट्टायई ७५ हजार १२० रुपिया बचत रहेको युवा अगुवा देवेन्द्र सारुले बताए ।

गएको वर्षको बचत ७० हजार र यस पटकको ७५ हजार रुपियाले गाउँको माझमा रहेको सिद्घ मन्दिर निर्माण गरिने रौरा नरबहादुर सिंजालीले बताए । नाच बिसाइए पनि देवीको गीत बाहेक अन्य गीत गाउन र नाच्न हुने प्रचलन रहेको छ ।
तस्बिर गुगल

Comments
Loading...