देवकोटा जयन्तीमा देवकोटाकै चर्चा

0 28

पाल्पा । देवकोटा साहित्य परिषद्को आयोजनमा रिब्दीकोट गाउँपालिकामा महाकबि लक्ष्मी प्रसाद देवकोटा जयन्ती तथा प.मिन प्रसाद नेपाल स्मृति कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम वरिष्ठ साहित्यकार बेणी माधव ढकालको प्रमुख आतिथ्यतामा चलेको थियो । सो अवसरमा प्रमुख अतिथि ढकालले महाकवि देवकोटाको चर्चा गरे । उनले देवकोटा साहित्य परिषद्ले निर्माण गरिरहेको देवकोटा स्मृति भवनको निर्माणकार्यमा सबैको सहयोगको खाचो रहेको बताए । पुर्व सांसद हरिप्रसाद नेपालले निःशुल्क रुपमा खस्यौलीमा भवनका लागि जग्गा उपलब्ध गराएका थिए । सो भवन अहिले निर्माणाधिन अवस्थामा छ ।

सीता नेपालको अध्यक्षतामा चलेको कार्यक्रममा त्रिमुर्ति निकेतन लुम्बिनी अञ्चल संयोजक मन गहिरे, भवनमा निर्माण समितिका अध्यक्ष राम प्रसाद पाण्डे,कृष्ण गौतम लगायतले देवकोटाका बारेमा चर्चा गरे । उपाध्यक्ष लक्षीमा घिमिरेको स्वागत ,सचिव अशोक घिमिरेको संचालनमा कार्यक्रम चलेको थियो ।

Comments
Loading...