देववाणीले बिबिध कार्यक्रम गरि बार्षिकोत्सव मनाउँदै, भलिवलमा पत्रकार समूहले जित्यो

0 178

पाल्पा । तानसेन स्थित देववाणी माध्यमिक विद्यालयको ६७ औं बार्षिकोत्सब तथा अभिभावक दिवस बिबिध कार्यक्रमका साथ मनाउने गरि दैनिक अतिरिक्त कार्यक्रमहरु संचालन गरिरहेको छ । बार्षिकोत्सवका अवसरमा शनिवार बिद्यालयका शिक्षक र नेपाल पत्रकार महासंघ आवद्ध पत्रकारहरु बीच भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा पत्रकारहरुको समूहले शिक्षक समूहलाई २–० को सोझो सेटमा पराजित गरेको हो । पत्रकार महासंघका भुवन सिंजाली, गणेश दर्लामी लगाएतको उत्कृष्ठ प्रदर्शन सहित महासंघ विजयी भएको हो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले पत्रकारहरुलाई मैत्रीपुर्ण खेलमा सहभागी बनाएर विद्यालयले सकारात्मक सम्बन्ध स्थापित गरेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी पोखरेलले अभिभावक र सरोकारवालाको चासो र चिन्ताले विद्यालयको गुणस्तर सुधार गर्न प्रेरणा मिलेको बताए ।

विद्यालयका प्रधानाध्यापक कृष्ण थापाले अभिभावक र विद्यार्थीको अपेक्षा अनुसार विद्यालय सञ्चालन भईरहेको बताए । बार्षिकोत्सवकै अवसरमा शनिवार नै विद्यालयले हाजिरिजवाफ, अभिभावकले आफ्ना बच्चा चिन्ने र लोक नृत्य प्रतियोगिता समेत सम्पन्न गरेको छ । आईतवार सरस्वती पुजा, प्रभातफेरी, सभा, सम्मान तथा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम तय गरेको बिद्यालयले जनाएको छ ।

Comments
Loading...