दोश्रो जिल्ला स्तरीय युवा रेडक्रस गोष्ठी सम्पन्न

0 110

पाल्पा । तानसेन बहुमुखी क्याम्पस नेपाल यूवा रेडक्रस सर्कलको आयोजनामा तानसेनमा १ दिने नेपाल यूवा रेडक्रस सर्कल गोष्ठी विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखाका सभापति एवं गोष्ठीका प्रमुख अतिथि बुद्धि प्रसाद शर्माले यूवा रेडक्रस सर्कलले जिल्लामै नमुना काम गरी देखाउनु पर्ने सकारात्मक काम गर्नु पर्दछ प्रकोप व्यवस्थापन र रेडक्रस प्रचार प्रसारमा नियमित रहनको लागि मन्तव्यमा जोड दिए ।

नेरेसो पाल्पाका उपशभापति कृण्णराज अधिकारी, वरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्की, क्याम्पस प्रमुख राधे श्याम ज्ञवाली, सहायक प्रमुख पुष्कर राज रेग्मी , नेरेसो कार्यक्रम अधिकृत बिनोद भारती, प्रभु बैंक शाखा प्रमुख टेकराज ज्ञवाली र गरिमा बैंकका शाखा प्रमुख उपेन्द्र बस्याल लगायत अतिथि रहेको औपचारीक गोष्ठीको सभापतित्व तानसेन बहुमुखी क्याम्पस युवा रेडक्रस सर्कलका अध्यक्ष सुवास गैरे र सहसचिव मनिशा अधिकारीको संचालन रहेको थियो ।

कार्यक्रममा रेडक्रस को उत्पती, अभियान, गतिथिधि, युवाको भुमिका, रक्त संचार तथा सकारात्मक सोचका विषयमा प्रशिक्षण गरीएको थियो । प्रशिक्षकहरु बुद्धि प्रसाद शर्मा, बाबुराम कार्की, राधेश्याम ज्ञवाली, पुष्कर राज रेग्मी र बिनोद भारतीको प्रशिक्षण रहेको थियो । गोष्ठिमा २३ वटा सर्कलका करीव ६० जनाको उपस्थितीमा सम्पन्न भएको थियो ।

Comments
Loading...