धार्मिक क्षेत्रको प्रवर्धनका लागि गाउँपालिका प्रतिबद्धः अध्यक्ष बस्याल

0 116

(बगनासकाली) पाल्पा । सिद्वबाबा मन्दिर तथा बातावरण संरक्षण समिति बगनासकाली–८ बराङ्दीको ९ औं साधारणसभा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष युवराज गैरेको अध्यक्षतामा संचालित कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले गाउँपालिकाले धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवर्धन र प्रचार प्रचारका लागि महत्व दिएर कार्यक्रमहरु ल्याउने बताए ।

कार्यक्रममा समितिका सल्लाहकार समितिका सदस्य डिल्लीराज गैरे, कृष्ण भुसाल अन्य सामाजिक व्यक्तित्वहरु रविलाल तिमिल्सिना, पशुपति बस्याल, लक्ष्मण घिमिरे, मोतिलाल बस्याल, ठानेश्वर बस्याल, सिता घिमिरे, हुमराज बस्याल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लेखा समितिका सदस्य ठानेश्वर बस्यालले स्वागत मन्तब्य राखेका थिए भने अध्यक्षको प्रतिबेदन युवराज गैरे र कोषाध्यक्षको प्रतिवेदन एकदेव कोइरालाले प्रस्तुत गरेका थिए । उक्त साधारणबाट मोतिलाल बस्यालको अध्यक्षतामा नयाँ समितिको गठन गरिएको छ । जसको उपाध्यक्षमा हरिकला घिमिरे, सचिवमा बुद्धिप्रसाद बस्याल, कोषाध्यक्षमा एकदेव कोइराला अन्य सदस्यहरुमा श्रीधर बस्याल, रिमकला बस्याल, पवित्रा न्यौपानmे पशुपति बस्याल, कृष्ण प्रसाद बस्याल, पोषकान्त बस्याल र गणेश प्रसाद बस्याल रहेका छन् । त्यस्तै लेखा समिति संयोजक ठानेश्वर बस्याल, खुमलाल पाठक र इश्वरी गैरे रहेका छन् ।

Comments
Loading...