नयाँ बर्षको अवसरमा पाल्पाको अग्लो लेक रिमिघामा ३ दिने महोत्सव हुने

0 308

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका पाल्पाले पर्यटन प्रबर्धन गर्न विभिन्न योजना निर्माण गरेको छ । रम्भा गाउँपालिका पर्यटन प्रबर्धन समितिको बैठकले गाउँपालिका भित्रका पर्यटन क्षेत्र पहिचान गरि भौतिक पूर्वाधार विकास गर्ने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष एवं रम्भा गाउँपालिका पर्यटन प्रबर्धन समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकले रम्भा गाउँपालिकाका १० वटा धार्मिक एवम पर्यटकीय क्षेत्र पहिचान गरिएको हो । नेपाल सरकारले पर्यटन गन्तव्यको रुपमा सूचिकृत गरेको ताहुँको रम्भा देवी मन्दिर क्षेत्र, वडा नं २ फोक्सिङ्गकोट र वडा नं ३ पिपलडाँडाको बिचमा रहेको रिमीघा लेक क्षेत्रलाई उच्च प्राथमिकता दिई पर्यटक लोभ्याउने योजना बनाउने निर्णय गरेको छ ।

वडा नं. २ को रानीबास वडा नं. ३ को घोङ्गसिङ्ग, वडा नं. ४ को रैया र वडा नं. ५ को रानाटोलमा होमस्टे संचालनको लागि उपयुक्त क्षेत्र रहेको बैठकले निर्णय गरेको छ । यसै गरि हुँगीको कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान, राधा माधव लक्ष्मी नारायण रमणेश्वर मन्दिर, लक्ष्मी नारायण धाम, काली गण्डकी ¥याफ्टिङ्ग, हुमीनको जल्पा देवी मन्दिर, पिपलडाँडाको नवदुर्गा मन्दिर, फोक्सिङ्गकोटको मूलाबारी र चुर्की थान, हुमीनको सिद्घबाबा मन्दिर र भूयरस्थान मन्दिरलाई सम्भावित पर्यटकीय गन्तव्यको रुपमा पहिचान गरि पुर्वाधार विकास गरिने भएकोछ । बैठकले भ्रमण वर्ष २०२० को अवसर पारेर ३ दिने रम्भा देवी–रिमीघा लेक महोत्सव धुमधामका साथ मनाउने निर्णय गरेको छ ।

नयाँ वर्ष २०७७ को समेत अवसर पारेर बैशाख १, २ र ३ गते रिमिघामा महोत्सव संचालन गरिने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । नेपाल पर्यटन बोर्डले रम्भा देवी मन्दिर क्षेत्र तथा रिमीघा लेक क्षेत्रको विकासको लागि चालु वर्षमा बजेट विनियोजन गरेको थियो । यसै गरि रम्भा गाउँपालिकाले गन्तव्य सम्म पुग्न सडक विस्तारको लागि बजेट छुट्टयाएको छ ।

हरेक नयाँ वर्षको दिन रिमीघामा लाग्ने मेलालाई

Comments
Loading...