नयाँ बर्षमा पाल्पा माथागढीमा साँस्कृतिक महोत्सव हुने

0 337

पाल्पा । नया बर्षमा माथागढी गाउँपालिकामा माथागढी गाउँपालिका स्तरीय खेलकुद तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ ।

उक्त महोत्सवसम्बन्धी पहिलो चरणको छलफल बैठक मंगलवार सम्पन्न भएको छ । बैठकमा माथागढी–४ झडेवाका वडा अध्यक्ष मधु पराजुलीले कार्यक्रम आगामी २०७८ बैशाख ९,१० र ११ गते गरी ३ दिन सञ्चालन हुने बताए । उक्त कार्यक्रम माथागढी गाउपालिका–३ कसेनी सराईको फुलबारीमा हुने समेत उनले बताए ।

बैठकले राष्ट्रिय कलाकार दुर्गा रायमाझीलाई सांस्कृतिक संयोजक सहितको कार्यसमिति समेत साथै खेलकुद संयोजक खोम बहादुर हुनेगरी समिति गठन गरेको छ । बैठकमा माथागढी ४ झडेवाका राष्ट्रिय कलाकार दुर्गा रायमाझीले माथागढी गाउँपालिकाले कला संस्कृति जगेर्ना गर्न गरेको यो प्रयासलाई विशेष धन्यवाद दिदै, माथागढीमा रहेका तर सेलाउ“दै गएका लोक गायन संस्कृतिलाई जगाई कार्यक्रममा प्रस्तुत गरिने बताए । साथै कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने उनले बताए ।

बैठकमा माथागढी गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले महोत्सवका लागि पहिलोपटक बजेट विनियोजन गरिएको र सबैले पारदर्शी रुपमा कार्यक्रम संचालन गर्नुपर्ने बताए । गाउँ शिक्षा समिति संयोजक गजेन्द्र पन्थीले पनि गाउँपालिकाले कला संस्कृति जगेर्ना गर्न गरेको यस्तो निर्णय सराहनीय भएको भन्दै आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने बताए ।

वडा नं. ३ का वडाअध्यक्ष दिपक थापा, पत्रकार रेखीराम राना, दिव्य ज्योति माविका प्रअ नारायण प्रसाद अधिकारी, सराई युवा क्लबका पुर्व अध्यक्ष खोम बहादुर गाहा लगायतले महोत्सव सफलता पुर्वक सम्पन्न गर्नका लागि सबै क्षेत्रको उत्तिकै सहकार्यको आवश्यकता रहेको बताए ।

Comments
Loading...