नविन पौडेललाई बैश आकी छोरीको चिन्ता

0 26

पाल्पा । पाल्पाको दर्लमडाँडामा जन्मेका गायक नविन पौडेल आज देशको कलाकारिता क्षेत्रको गहना बनेका छन् ।
नेपाली लोक दोहोरीको क्षेत्रमा यथार्थपरक, समयसापेक्ष गीत गायर नेपालको मेची महाकाली तथा देश बिदेशका लाखौं लाख दर्शक श्रोताको मन जित्न सफल उनै गायक पौडेलले यतिबेला अर्को एउटा गीत बजारमा ल्याएका छन् ।
पौडेललाई कतिपय मिडियाहरुले स्टेजको हिरोको रुपमा समेत उपनाम दिएका छन् । प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य, अन्तरास्ट्रिय कलाकार मन्च नेपाल च्याप्टर का उपाध्यक्ष, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका पुर्ब केन्द्रीय सदस्य रहेका उनै गायक पौडेलको “बैंश आको छोरी” नामको गीत युट्युवमा आएको छ ।
नवीन पौडेलको लय शब्दमा रक्षा म्युजिकबाट बजारमा आएको यो गित मा स्वर नवीन पौडेल र पुर्णकला बिसिको रहेको छ ।
कमेडीमा निकै चर्चित हास्यकलाकार शिबहरि पौडेल सहित टीका जैसी रेखा थापा र भुमिका शाहको अभिनय रहेको यो गीतको भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.youtube.com/watch?time_continue=3&v=91ZrKJkG-xU

Comments
Loading...