नांगो नाच देखाएर संस्कृति संरक्षणको नाटक

0 57

कोही नाम चलेका कलाकारले मञ्च पाउँदैनन् , कोही १२ वर्ष देखि दोहोरिइरहेका छन् ।
समाचार टिप्पणी
पाल्पा । तानसेनमा जारी पाल्पा महोत्सवमा आगामी शुक्रवार अर्थात् फागुन ११ गते लोकदोहोरी गायिका तथा नायिका समेत रहेकी ज्योति मगरलाई ल्याउने तयारी भएको छ ।

यद्यपी यो विषय सार्वजनिक भएपछि ज्योतिलाईं ल्याउने प्रसंगले महोत्सवको आयोजक संस्था उद्योग बाणिज्य संघको सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । ज्योतिले अघिल्ला कार्यक्रममा समेत हाम्रो सामान्य समाजले पचाउन नसक्ने प्रस्तुती दिने गरेकी छन् । झण्डै २ महिना अघि तानसेन टुंडिखेल मैदानमा सांस्कृतिक कार्यक्रममा आएकी ज्योतिले समाजले पचाउनै नसक्ने गीत नाच प्रस्तुत गरेको भन्दै अर्को दिन यहांका शिक्षक, बिद्यार्थी र बौद्धिक बर्गले समेत सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।

बालन, कौराको महत्व छैन, ज्योतिको यति महत्व किन ?

महोत्सवको सबैभन्दा ठूलो लक्ष्य यहांको लोकसंस्कृति संरक्षण पनि हो तर अहिलेसम्म भएका अधिकांश महोत्सवमा स्थानीय संस्कृतिले भन्दा ज्योति जस्तै कलाकारहरुले महत्व पाउदै आएका छन् । हरेक वर्ष कलाकारहरु दोहोरिएका छन् । हरेक वर्ष आयोजकका नजिकका कलाकारहरुलाई ल्याउने प्रचलन रोकिएको छैन । तर पाल्पाकै पहिचानकै रुपमा रहेको बालन, कौरा, झ्याउरे भजन लगायतका स्थानीय संस्कृतिहरुले भने कहिल्यै पालो पाएनन् । संघका पदाधिकारीहरुलाई जय जयकार गर्ने कलाकारहरु मात्रै ल्याउने गरिएको, कतिपय कलाकार १२ वर्षदेखि कहिल्यै नछुटेको र कतिपयले एक पटक पनि स्थान नपाएको गुनासो कलाकारहरुबाटै आइरहेको छ ।

संस्कृति संरक्षणको मन्त्र जपिन्छ तर नाटक मात्रै

संघले महोत्सवको एउटा प्रमुख उद्देश्य संस्कृति संरक्षण पनि हो भनेको छ तर यहांको संस्कृति संरक्षणका लागि खास पहल भएको छैन । ज्यामिरे, मित्याल झिरुवासका कौराको खोजी भएको छैन । रामपुरको बालन हराइसक्यो, यहांका पञ्चेबाजा बज्न छाडिसके, गन्धर्व दाईको सारंगीका तार चुडिसके, तानसेन,अर्गली, राम्दी लगायतका स्थानको भजन हराइसक्यो । तर संस्कृति संरक्षणको नाटक भने मञ्चन भइरहेको छ ।

पाल्पामा आफैमा एउटा लोक संस्कृतिको उद्गम थलो हो । यहाँ लोकसंस्कृति जन्माउनेदेखि बचाउनेसम्म धेरै ब्यक्तिले आफ्नो जिवन सुम्पेका छन् तर महोत्सवका बेला ब्यापार गर्ने, पैसा कमाउने र बाहिरबाट आएका कलाकारहरुलाई हाई हाई गर्ने, चाकडी गर्ने र स्थानीय संस्कृतिको संरक्षण कर्ताहरुलाई बिर्सिने भइरहेको छ ।

के भन्छन् आयोजक

महोत्सव सास्कृतिक कार्यक्रम संयोजक शैलेन्द्र भट्टराईले ज्योतिलाई ल्याउने बिषयमा तयारी भइरहेको बताए । उनले शुक्रवार ज्योतिको सेड्युल अन्तै प्याक भएकोले अरु दिन पनि आउन सक्ने बताए । ज्योति ल्याउदा ब्यापार हुन्छ कि संस्कृति संरक्षण भन्ने पाल्पा समाचार डटकमको जिज्ञाशामा उनले भने–“उनी आउनु कुनै नौलो कुरा होइन, उनले कस्तो प्रस्तुती दिन्छिन् भन्ने बिषय महत्वको बिषय हो । हामीले भने अनुसार हामीले प्रस्तुती दिन लगाउँछौ ।” तस्बिर गुगल

Comments
Loading...