नागरिक संवाद केन्द्रमा प्रदेश सरकार र राष्ट्रियसभाबारे अन्तरक्रिया

0 60

कृष्ण पोखरेल । पाल्पा  नेपाल नागरिक संवाद केन्द्र पाल्पाको आयोजनामा संघीय संरचना अनुसार प्रदेश सरकार र राष्ट्रियसभाको गठन, निर्वाचन, काम कर्तव्य, सेवा सुविधाको बारेमा छलफल अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पाल्पाका राजनितिक, दल, नागरिक समाज, कानुन व्यबसायी, विभिन्न गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, पत्रकार, विभिन्न पेशा संघ संघठनमा आवद्ध व्यक्तिहरुले जिल्लाबाट संकलन भएका सुझाव सम्वन्धित स्थानमा पुर्याई कार्यान्वयनमा लैजानु पर्ने सुझाव दिएका छन ।  कार्यक्रममा सांसद तुल्सा रानाले राष्ट्रिय सभा एक स्थायी सदन भएको, प्रतिनिधीसभाले गरेका कामहरुको पुनमुल्याङकन गर्ने जस्ता  काम गर्ने बताईन । राष्ट्रियसभामा सवैपक्ष, बर्ग, लिङ, बर्ण भेषभुषा जातजातिहरुको सहभागिता प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता भई निर्वाीचत हुने संस्था भएको सांसद रानाले बताईन ।

कार्यक्रममा नेपाल कानुन समाजका तेजमान श्रेष्ठले प्रदेशसभा सम्वन्धी पारित भएको विधेयक र राष्ट्रियसभा गठनको विषयमा प्रस्तुत भएको विधेयकको बारेमा जानकारी गराए । कार्यक्रममा राष्ट्रियसभाको गठन पक्रिया, उम्मेरवारी चयन, निर्वाचनको अवस्था, गर्नुपर्ने काम र सेवा सुविधा, प्रदेशसभा र स्थानीयतका प्रमुख उपप्रमुखहरुले दिने मतको वजन अवस्थाको बारेमा श्रेष्ठले जानकारी गराएका थिए । राष्ट्रियसभाको निर्वाचनमा प्रदेश सदस्ये दिएको मतको भार ४८ र स्थानीइतहका प्रमुख उपप्रमुखले दिएको मत १८ रहने विधेयकमा उल्लेख गरिएको छ । जनसंख्याको जनमतलाई आधार बनाएर नेपालमा पहिलो पटक यसरी मत भार प्रणाली बाट राष्ट्रियसभाको निर्वाचन सम्वन्धी विधेयक आएको श्रेष्ठले बताए ।

कार्यक्रममा सहभागीहरुले यस्ता कार्यक्रमा जिल्ला स्तरमा आउन ढिलाई भएको र आगामी दिनमा मस्यौदा तयार भएपछि नै जनता विच छलफल गराउन नागरिक संवाद केन्द्र लाई सुझाव दिएका छन ।  नेपाल बार एसोसियसन पाल्पाका कार्यवाहक अध्यक्ष शालिकराम घिमिरेको अध्यक्षतामा भएको नागरिक संवाद कार्यक्रम केन्द्र संयोजक बाबुराम भट्टराईले गरेका थिए ।

Comments
Loading...