पाल्पा । नारायण टोल विकास संस्था, तानसेन वडा नं.२ पाल्पाको प्रथम अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रम श्री अमर नारायण मन्दिर परिसरर,नारायण टोल तानसेनमा सम्पन्न भएको छ ।
तानसेन, नारायण टोल पाल्पामा बस्दै आएका विभिन्न जातजातिका महिला दिदी बहिनीहरुको समुहबाट समुदायको सँस्कृति पहिचानलाई कायम गर्दै परस्पर सहयोग, सद्भाव र समझदारीपूर्ण ढंगबाट सुसंगठीत हुँदै आर्थिक र सामाजिक रुपमा यस समुदायलाई अझ बढी सबल र समृद्ध बनाउने मूख्य उद्देश्यका साथ तानसेन, पाल्पामा स्थापित यस नारायण टोल विकास सस्था, तानसेन–२, पाल्पाले विभिन्न गतिविधीहरु संचालन गर्दै यस बर्ष पहिलो चरणमा प्रथम अधिवेशन र दोस्रो चरणमा पद हस्तान्तरण कार्यक्रम गरेको छ । दुबै कार्यक्रमको प्रमुख अतिथि तानसेन नगरपालिका वडा नं.२ का वडा सदस्य महेश्वर प्रसाद श्रेष्ठ रहेका थिए ।
पहिलो चरणमा अध्यक्ष अनुपमा बुद्धाचार्यको अध्यक्षतामा संचालित प्रथम अधिवेशन सभाको शुभारम्भमा उपाध्यक्ष माया शाक्यको स्वागत मन्तव्य एवं कार्यक्रम माथि प्रकाश पारेकी थिइन् । सभामा कोषाध्यक्ष अनिशा शाक्यले वार्षिक आयव्यय प्रतिवेदन र सचिव जुनु शाक्यले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरीए पश्चात सो प्रतिवेदनहरु माथि संस्थाका पदाधिकारी का.का.सदस्य एवं साधारण सदस्यहरुबाट छलफल भई अनुमोदन गरीएको थियो ।
दोस्रो चरणको पद हस्तान्तरण कार्यक्रममा संस्थाले चयन गरेका निर्वाचन अधिकृत श्री रशिला श्रेष्ठबाट अध्यक्ष पदमा जुनु शाक्य, उपाध्यक्ष माया देवी शाक्य, सचिव अनिशा शाक्य, कोषाध्यक्ष अनिशा बज्राचार्य, सह सचिब सविना श्रेष्ठ, कार्य समिति सदस्य पदमा क्रमशः दिपिका शाक्य, दिपिका बज्राचार्य, माया श्रेष्ठ, पूर्णमिता कर्माचार्य, निरमाया राना नयाँ कार्य समितिमा विधि पूर्वक निर्विरोध निर्वाचित भएका थिए ।
उक्त कार्यक्रमहरुमा प्रमुख अतिथि महेश्वर प्रसाद श्रेष्ठ, सल्लाहकार एवं नारायण युवा क्लबका अध्यक्ष किशोर दर्शन बज्राचार्य, निर्वाचन अधिकृत रशिला श्रेष्ठ र भरखरै निर्वमान हुन भएका अध्यक्ष अनुपमा बुद्धाचार्यले बधाई एवं कार्यकाल सफल रहोस भनि शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन नव निर्वाचित सचिव अनिशा शाक्यले गरेको कार्यक्रममा अध्यक्ष जुनु शाक्यले पद हस्तान्तरण कार्यक्रमको समापन गरेकी थिइन ।