निःशुल्क पलम्बिङ तालिम सम्पन्न

0 36

पाल्पा । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजना, तानसेन नगरपालिकाको समन्वय र करियर ग्रुप नेपाल प्रालि हालको हेप्पी नेपाल प्रालिको प्राविधिक सहयोगमा ३ महिने निःशुल्क पलम्बिङ तालिम तानसेनमा सम्पन्न भएको छ ।

तालिम समापन समारोहका प्रमुख अतिथि तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले सहभागीहरुलाई तालिमका सिकेका कुराहरु ब्यवहारमा उतार्न आग्रह गरे । कार्यक्रममा तानसेन नगरपालिका २ का अध्यक्ष बरुणप्रसाद रेग्मी, घरेल तथा तथा साना उद्योग कार्यालयका प्रमुख बालकृष्ण गैरे, हेप्पी नेपाल प्रालिका संयोजक धनु रुचाल, प्रशिक्षक पोषकान्त बस्याल, बैकुन्ठ बस्याल, पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना, प्रशिक्षार्थी गणेशप्रसाद बस्याल लगायतले आ आफ्नो धारणा राखेका थिए ।
तालिममा १९ जनाको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई प्रभाणपत्र समेत बितरण गरियो ।

Comments
Loading...