निर्वाचन पर्यवेक्षकका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

0 16

पाल्पा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय पोखराको आयोजनामा निर्वाचन पर्यवेक्षकका लागि १ दिने अभिमुखीकरण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेलले निर्वाचनमा पर्यबेक्षकको भूमिका दायित्व र आचारसंहिताबारे सहजीकरण गरेका थिए । उनले पर्यबेक्षकले निर्वाचनको स्वच्छ पर्यबेक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख अतिथि मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका प्रमुख बुद्धनारायण सहनी, मानवअधिकार अधिकृत चन्द्रकान्त चापागाई, बरिष्ठ पत्रकार मेघराज शर्मा लगायतले निर्वाचन र पर्यबेक्षकको भूमिका बिषयमा आआफ्नो धारणा राखेका थिए ।

पाल्पा जिल्लाका १२ जना पर्यबेक्षकहरुको सहभागिता रहेको कार्यक्रम मानवअधिकार निगरानी समूह पाल्पाका संयोजक भगवान भण्डारीको अध्यक्षता र इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments
Loading...