निस्दीको नीति तथा कार्यक्रम सार्वजनिकः कृषि र पशुपालनलाई प्राथमिकता

0 272

धनबहादुर ठाडा । (मित्याल) पाल्पा
निस्दी गाउँपालिका पाल्पाको सातौं गाउँ सभा तथा आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।


शिक्षा, स्वास्थ, रोजगार र पर्यटन सहितको पूर्वाधार प्रकृति र मगर संस्कृति निस्दीको आधार भन्ने मुल नाराका साथ गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष रिताकुमारी अर्याल खनालले आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।


निस्दीले आगामी आर्थिक वर्षको लागि आत्म निर्भर हुने गरी कृषि तथा पशु उत्पादनमुखी, व्यवसायीमुखी तथा स्वरोजगारमुखी कार्यक्रमलाई प्राथमिकता दिएको छ । कोभिड १९ कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनमा विशेष जोड दिने नीति तथा कार्यक्रममा समिटिएको देखिन्छ । त्यस्तै नीति तथा कार्यक्रममा मानवीय विकास नै भौतिक विकासको आधार मनी शिक्षा क्षेत्रमा पनि विशेष जोड दिएको छ ।


मगर जातिको बाहुल्यता रहेको निस्दी गाउँपालिकाले मगर भाषा, साहित्य कला,संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जोड दिदै , पर्यटन प्रवर्द्धनमा पनि विशेष जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममा गरिबी निवारण पूर्ण सरसफाइ, लैंगिक तथा समावेशी विकासका लागि सामाजिक परिचालन कार्यक्रम , दीगो विकास वातारणीय संरक्षण तथा सम्बर्धन गर्न सघाउ पुरयाउने कार्यक्रम, स्थानीय स्रोत साधन र सीपको उच्चतम प्रयोग गरी रोजगारी सिर्जना गर्ने जस्ता कार्यक्रमलाई जोड दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताए ।

Comments
Loading...