निस्दीको लेकडाँडा हेर्न लायक बन्यो

0 106

बन्दना पोखरेल । (रामपुर) पाल्पा
निस्दी गाउँपालिका वडा न ६ लेकडाँडामा लगाईएको दालचिनी अम्रिसो र टिमुर अहिले हेर्न लायक बनेको छ ।


लेकडाँडालाई कृषि, बन, पशु र पर्यटन व्यावसायलाई प्रवर्धन गरि आर्थिक समृद्धि गर्ने उद्देश्यले यस ठाउँलाई कबुलयती वन बनाउन लागिएको हो । यहि अनुरुप असार २० गते सम्म विरुवा रोपिएको थियो । करिव ५० हजार अम्रीसो , ५ हजार टिमुर र ७ हजार ५ सय तेजपत्ता रोपीएको छ । करिव १२७ हेक्टर जमिनमा यस्ता विरुवाहरु रोपीएको हो ।


सघिंय सांसद दलबहादुर रानाले निर्वाचन क्षेत्र बिकास कोष बाट छुट्याएर १० लाख बाट यसको विकास गरिएको हो । हाम्रो देश पहाडि भुभाग भएको ठाउमा यहाँको माटो सुहाउदो खेति गर्न जरुरी रहेको र यसैबाट आर्थिक सबृद्धि हुने संघिय सांसद दल बहादुर रानाले बताए ।


जसरी अहिले जम्मा १० हजार रुपैँया सांसद कोषबाट सुरु भएको झिरुवासको कबुलयती बन अहिले आर्थिक रुपमा गाउँलाई समृद्ध बनाउदै पर्यटकिय क्षेत्रमा आन्तरिक र्पयटन प्रर्वधनको एक गन्तव्य बनेको छ त्यसै गरि अब लेकडाडालाई आर्थिक सबृद्धिको बाटो बनाउदै लगिनने बताए ।
यस कार्यक्रम बाट प्रत्यक्ष रुपमा स्थानीयलाई फाईदा पुग्ने वडाध्यक्ष मेखबहादुर सुनारीले बताए । यहाँवाट उत्पादन हुने घासँबाट पशु पालनमा टेबा पुग्नेछ भने उत्पादित बस्तु बेची प्रत्यक्ष
समृद्धको बाटो खुलेको उनले बताए । जिल्ला बन कार्यलयको प्रत्यक्ष निगरानीमा लगाईएको यी विरुवा हुर्कदै गर्दा स्थानीय खुसि भएका छन् । फोटो फाइल

Comments
Loading...