निस्दीको सार्वजनिक सुनुवाई सम्पन्न

0 29

धनबहादुर ठाडा । (मित्याल) पाल्पा
निस्दी गाउँपालिका मित्याल पाल्पाको आर्थिक वर्ष २०७५।०७६ को तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइमा प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले प्रतिवेदन पेश गर्दै गत आव २०७५।०७६ मा गाउँपालिकाले ९७ प्रतिशत भौतिक प्रगती गरेको बताए । गाउँपालिकाको भवन तथा वहुउद्देश्श्यीय सभा हलको डिपिआर तयार भइसकेको समेत उनले बताए ।

साथै उनले नेपाल टेलिकमको टावर परिक्षण वायु उर्जाको परिक्षण गर्न सफल भएको बताउँदै चालू आर्थिक वर्षको लागि गाउँपालिकाले कुल ४७ करोड ६८ लाख बराबरको बजेट ल्याएको जानकारी गराए ।

उपाध्यक्ष रिताकुमारी अर्यालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा स्थानीय नागरिकले शिक्षा , स्वास्थ , विद्युत , कृषि , खानेपानी , यातायात , युवा सशक्तीकरण लगायतको विषयमा जिज्ञासा राखेका थिए । सहभागीले उठाएका जिज्ञासाको गाउँपालिका अध्यक्षम मुक्त बहादुर सारु सहित प्रमुख प्रशासकीय अधिकृत,विषयगत कार्यालयका शाखा संयोजक , जनप्रतिनिधि लगायत जवाफ दिएका थिए ।

कार्यक्रममा नेकपाका नेता देवीलाल लामिछाने लगायतले सुझाव दिएका थिए । सार्वजनिक सुनुवाइको सहजीकरण पत्रकार नेत्र गैरेले गरेका थिए ।

Comments
Loading...