निस्दीमा उपाध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न

0 182

धनबहादुर ठाडा । (मित्याल) पाल्पा
निस्दी गाउँपालिका मित्याल पाल्पामा प्रथम उपाध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
निस्दी गाउँपालिकाको आर्थिक सहयोग तथा युवा समन्वय समिति निस्दीको आयोजनामा अन्तर वार्ड स्तरीय पुरुष तथा महिला भलिबल भएको हो । पुरुष भलिबल तर्फ निस्दी ४, मित्याल प्रथम निस्दी ५, गल्धा दृतिय र निस्दी ६, अर्चले तृतीय भएका छन ।

त्यस्तै महिला भलिबल तर्फ निस्दी २, सहलकोट प्रथम निस्दी ४, मित्याल दिृतिय र निस्दी ५, गल्धा तृतीय भएका छन् । विजयी समुहलाई कार्यक्रमका मुख्य पाहुना निस्दी गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालले पुरस्कार वितरण गरिन् । युवा समितिका अध्यक्ष नविन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना अर्याल , नेपाल कम्युनिस्ट पार्टीका नेता देबिलाल लामिछाने , निस्दी ६, अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारी, गौरीशंकर माध्यमिक विद्यालय मित्यालका प्रधानाध्यापक केश बहादुर सुनारी लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रमको संचालन समितिका सचिव प्रेमबहादुर बकाबलले गरेका थिए ।

यसअघि उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु र प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले समेत आफ्नो धारणा राखेका थिए ।

Comments
Loading...