निस्दीले टोल अनुसार बिदेशमा रहनेहरुको बिवरण निकाल्योः कुन देशमा कति ?

0 35

धन बहादुर ठाडा । (मित्याल) पाल्पा
निस्दी गाउँपालिकामा नेपाल भन्दा अन्य बाहिरी मुलुकमा ३ हजार १ सय ४ जना रहेका छन् ।

निस्दी गाउँपालिकामा स्थायी बसोबास भइ हाल अन्य देशमा रहनेको तथ्यांकअनुसार सबैभन्दा बढी भारतमा १ हजार ५ सय १९ जना, मलेसियामा ५ सय ५३ जना, युएईमा ३ सय २३ जना , साउदी अरेबियामा २ सय ९४ जना साथै अन्य मुलुकमा ४ सय १५ जना रोजगारीको शिलशिलामा रहेको गाउँ पालिका अध्यक्ष मुक्त बहादुर सारुले बताए ।


यसरी विदेशमा रहनेहरुमा वडा नं. १ बाकामलाङका ४ सय २६ जना, वडा नं. २ सहलकोटका २ सय ९१ जना , झिरुबासका ३ सय ९७ जना , मित्यालका ३ सय ७२ जना , वडा नं. ५ गल्धाका ७ सय ३० जना , अर्चलेका ५ सय १३ जना र वडा नम्बर ७ ज्यामिरेका ३ सय ७५ जना रहेको निस्दी गाउँपालिका स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताए । कोरोना रोग जोखिम न्यूनीकरणका लागि निस्दीले अन्य वाहिरी मुलुकबाट आएका र छिमेकी जिल्लाबाट आएका सबैलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राखिने प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताए ।

Comments
Loading...