नीजि अस्पतालले फर्काएका बिरामी खोज्न सरकारी अस्पतालको टोली गाउँमा

0 128

आखिर दुःखको बेलाको साथी त सरकारी अस्पताल नै रहेछ
यज्ञमूर्ति तिमिल्सिना (समाचार बिश्लेषण)
मानिसहरुले यसअघि सरकारी अस्पताललाई सिटामोल पाइने ठाउँको रुपमा मात्रै चिने । ज्वरो, रुघाखोकीका बेला ठूला अस्पताल नै रोजे । पाल्पाकै सन्दर्भमा भन्ने हो भने पनि सामान्य बिरामी हुँदा समेत उनीहरुले युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजका लागि रिफर लेटर लिन हतार गरिरहे ।


म स्वयम्ले पनि कतिपटक अन्य अस्पतालका लागि रेफर लेटर लिएको छु । सेवा ढिलो किन भयो भन्दै सरकारी अस्पताललाई धेरै पटक गाली गरेको छु । आज मेरो मन एउटा तस्बिरले छोयो । जहाँ जिल्लाको अस्पतालको टोली नै बिरामीको घरमा पुगेर उचित उपचारको पहल गरेका छन् । जुन तस्बिरले दुखका बेला चाहिने त सरकारी अस्पताल नै रहेछ भन्ने कुराको राम्रो गरि बोध गरायो ।
केही दिन अघि तानसेनको ठूलो अस्पताल जसले नीजि भएर पनि सरकारको ठूलो लाभ हिस्सा लिएको छ । त्यो अस्पताल लुम्बिनी मेडिकलले भारतबाट फर्किएर घर आएका पोखराथोकका २० वर्षका युवा दामोदर कुमाललाई उच्च ज्वरो आएपछि अस्पताल लैजादा लुम्बिनी मेकिडल कलेजले पिसाव फेर्न समेत झर्न नदिएर उनको भाइरस सर्लक्कै सर्ला झै गरेर राम्रोसंग चेक जाच गरेर घर फर्काएको बिषयले निकै मन छोएको थियो । त्यसपछि मैले ब्यक्तिगत बिचार सहितको लेख पनि लेखेको थिए । यो पनि पढनुहोस् ।


बिहीवार फेरि त्यही कलेजले माथागढीका उच्च ज्वरोका बिरामी बिष्णु सारुलाई उस्तै गरि घर फर्कायो । यो बिषयमा मेडिकल कलेजलाई जति गाली पनि पुग्दैन । यो मेडिकल कलेजको सरासर हरामीपन हो । पैसाको आडमा बिरामीको स्वास्थ्यमा गरिएको खेलवाड हो । यस्तो हरामीपनलाई यहाँको प्रशासनले कसरी किन र के अपेक्षा सहित प्रोत्साहन गरिरहेको छ । यसबारे सामाजिक सञ्जालमा धेरैले जिज्ञाशा राखिरहेका छन् ।


पोखराथोकका दामोदर र उनीसँगै भारतबाट आएका उनका साथीलाई समेत ज्वरोको समस्या देखिएपछि जिल्ला अस्पताल पाल्पाका अध्यक्ष नेत्र पाण्डे, मेडिकल सुपरिटेन्डेन्ट डा. पुष्पराज ज्ञवाली, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल सहित स्थानीय स्वास्थ्यकर्मीको टोली पोखराथोकमै पुगेर उनीहरुको स्वास्थ्य परीक्षण गरि दुबै जनालाई जिल्ला अस्पतालमा रहेको आइसोलेसनमा राखेर उपचार गराउन रेफर गरेका छन् ।


जिल्ला अस्पतालका डा. पुष्पराज ज्ञवालीले पाल्पा समाचारपत्रसितको कुराकानीमा आफूले सबै बिरामीहरुलाई उत्तिकै महत्व दिएर उपचार र परामर्श दिने बताए । मुलुकलाई संकट परेको बेला आफूले सुरक्षित भएर बिरामीको सेवामा प्रतिबद्ध रहेको बताएका छन् ।

तस्बिर साभार मथुरा ढकालको फेसबुकबाट

Comments
Loading...