नेपालकै पहिलो ठूलो खुकुरी पुजाआजा सहित घरमा भित्र्याए कंडेले परिवारले

0 44

चुरामणी तिमिल्सना । (रुरुधाम) गुल्मी
नेपालकै सबैभन्दा ठूलो खुकुरी लाई बैधिक विधि बिधान सहित गुल्मी श्रृंगा छत्रकोट गाउँपालिका वडा नं. ४मा पोमलाल कंडेल तथा गिता कंडेलले आफ्नै निवासमा भित्र्याएका छन् ।
केही बर्ष पहिलो बुर्तिवाङका मन बहादुर बिकले निर्माण गरेको ४२ किलोको खुकुरी बिक्री नभएपछि पत्रकार चुरामण्ी तिमिल्सिनाले खुकुरी नबिकेपछि बिक चिन्तित भएको समाचार सार्वजनिक गरेका थिए ।

सोही समाचार पढेपछि बेलायतमा रहेका कंडेल दम्पत्तिले सो खुकुरी किन्ने इच्छा ब्यक्त गरेका थिए । पत्रकार तिमिल्सिनाले नै मुसिकोट महोत्सवबाट उक्त खुकुरी रु १लाख ११ हजार १सय ११ मा नेपालकै सबैभन्दा ठूलो खुकुरी र पहिलो खुकुरी कंडेल परिवार लाई खरिद गरिदिएका थिए ।


कंडेल परिवारले भागबत पाठ रुद्री पाठ चन्डी पाठ लगायर उक्त खुकुरी निवासमा भित्र्याएका हुन् सोही अवसरमा उनले आफ्ना २ छोरा बिपिन र दिपेन्दको बर्तबन्ध समेत गरिदिएका थिए ।

उक्त पुजामा एकै हातले उक्त खुकुरी उठाउने ब्यक्तिलाई रु १ लाख पुरस्कार दिने कंडेलले घोषणा गरेका थिए तर कसैले पनि उठाउन सकेनन् । उक्त खुकुरी गुल्मी निवासम रहेको र केही समय पछी बुटवल निवासमा राखने पोमलाल कंडेलले बताए । आगमी दिनमा बिकले कम तौल भएका त्यस्तै खुकुरी निर्माण गरेमा सजावट गरेर घरमा राखिने र उनको पेशालाई सम्मान गरिने उनले बताए ।

Comments
Loading...