नेपाली कांग्रेसका उम्मेदवार सहित नेताहरू झुम्सामा

0 42

पाल्पा । नेपाली कांग्रेसको आयोजनामा तिनाउँ गाउँपालिका ३ झुम्सामा बृहत चुनावी सभा सम्पन्न भएको छ ।
सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार हरि प्रसाद नेपालले यस क्षेत्रका बिकासका लागि आफू प्रतिबद्ध रहेको बताए । उनले अहिलेसम्म शिक्षा, स्वास्थ्य लगायत अन्य पूर्वाधारका क्षेत्रमा जनताले चाहे अनुसारको बिकास हुन नसकेको बताउँदै त्यसमा आफूले सक्दो पहल गर्ने बताए ।

सो अवसरमा नेपाली कांग्रेस पाल्पाका सभापति एवम् समानुपातिक उम्मेदवार बीर बहादुर रानाले नेपाली कांग्रेस बिकास र रुपान्तरणका लागि प्रतिबद्ध पार्टी हो भने । पूर्व सभापति राजनप्रसाद पन्त, युवा नेता हिमालदत्त श्रेष्ठ लगायतले आआफ्नो धारणा राखेका थिए ।

Comments
Loading...