नेल्टा कार्यशाला तथा सम्मेलन सम्पन्न

0 110

गोपाल प्रसाद वश्याल । पाल्पा
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पा शाखाको आयोजनामा एक दिने कार्यशाला तथा सम्मेलन जनता नमुना विद्यालय, तानसेनमा सम्पन्न भएको छ ।

नेल्टाका २७ सदस्य सहभागी सम्मेलनमा सल्लाहकार गोपाल प्रसाद वश्यालले ई. एल्. टि. एक्कोमोडेशन शिर्षकमा कार्यशाला प्रस्तुत गर्दै अंग्रेजी भाषा शिक्षण तथा शिक्षकका पेशागत विकासमा भएका नवीनतम परिवर्तनहरू र तिनीहरूलाई समावेश गरी कार्यमा सुधार गर्न आवश्यक सिप विकास सम्बन्धी क्रियाकलाप गराए । कार्यशालामा भाषिक सिप, शिक्षण ब्यवस्थापन, मूल्यांकन, पेशागत विकास र शिक्षणमा सूचना प्रविधिको विकासका वर्तमान अभ्यास, नवीनतम तरिकाहरू र तिनको उपयोगका लागि शिक्षहरूमा आवश्यक सिप सम्बन्धी समूह कार्य गरी निष्कर्ष प्रस्तुत गरिएको थियो । त्यसैगरी नेल्टाका निवर्तमान अध्यक्ष रामनाथ न्यौपानेले परियोजनामा आधारित सिकाइ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै ब्यवहारिक र सबै प्रकारका भाषिक सिपहरूको विकासमा परियोजनामा आधारित सिकाई उपयोगी हुने र त्यस्का लागि प्रयोग हुनसक्ने परियोजना कार्यहरूका उदाहरणसहित प्रक्रियाका सम्बन्धी जानकारी गराए ।

कार्यशाला पश्चात् बसेको वार्षिक साधारण बैठकबाट बेथल अंग्रेजी बोर्डिङ स्कूलका प्रिन्सिपल खेम बहादुर सारुको अध्यक्षतामा ११ सदस्यीय नेल्टा पाल्पा शाखा कार्यसमिति चयन गरिएको छ । यस्को उपाध्यक्षमा कमलराज बस्याल, सचीव हरिप्रसाद घिमिरे, सहसचीव अच्यूतराज नेपाल, कोषाध्यक्ष भरत न्यौपाने र सदस्यहरूमा द्रोणराज न्यौपाने, खगेन्द्र बस्याल, मोतिलाल हिस्कि, मञ्जु कोइराला, इना राना र डिल्लीराज गैरै सर्बसम्मत निर्बाचित भएका छन् ।

Comments
Loading...