पत्रकार कुँवरले गाईघाटमा रिसोर्ट सुरु गरे

0 133

 

पाल्पा । रानीमहल जाने आउने पर्यटकको सेवा सुविधाका लागि भन्दै गाइघाटमा रिसोर्ट सञ्चालन भएको छ ।
सञ्चारकर्मी बसन्त कुवँरले डिउ क्याम्पिङ्ग रिर्सोट सञ्चालन गरेका हुन् ।

बगनासकाली गाउँपालिका वडा नं. ७ गाईघाटमा रहेको रिसोर्टको प्रमुख अतिथि पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले शुभारम्भ गरे । उनले जिल्लाको पर्यटकिय महत्व बोकेको रानीमहलमा हेर्न आउने पर्यटकलाई ध्यानमा राखेर सञ्चान गरिएको भन्दै गुणस्तरीय बनाउन सुझाव दिए । उनले स्थानीय स्तरका उत्पादित बस्तुहरुबाट बनेका परिकारहरु खुवाउने व्यवस्था मिलाउनुपर्ने बताए । पर्यटकीय विस्तार र विकासको लागि यो रिसोर्टले एउटा इट्टा थप्ने काम गरेको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सभापति भगवान भण्डारी, वर्तमान कोषाध्यक्ष मिलन विश्वकर्मा, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष राजेन्द्र लिगल, पत्रकार जगदिश भट्टराई, युवा उद्यमी केशव कार्की, स्थानीय शिक्षक हरि प्रसाद गैरे लगायतले पर्यटकीय महत्व बोकेको तर विकटताको हिसाबले ओझेलमा परेको गाईघाटको विकासले रानीमहलको अझै विकास हुने बताएका थिए ।

रिसोर्ट सञ्चालक बसन्त कुवँरको सभापतित्वमा भएको कार्यक्रममा कलाकार सुमन गैरेले सञ्चालन गरेका थिए । रिसोर्टमा विशेष गरी स्थानीय उत्पादित, मकै, कोदो, कुखुरा, खसी, लगायतका अन्य वस्तुबाट बनाईएका परिकारको स्वाद लिने पाईने सञ्चालक कुवँरले बताए ।

 

Comments
Loading...