पत्रकार महासंघ पाल्पाको अधिवेशन माघ २८ गते हुने

0 557

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको साधारणसभा तथा अधिवेशन यही माघ २८ गते तानसेनमा हुने भएको छ । अध्यक्ष राजेशकुमार अर्यालको अध्यक्षतामा हालै तानसेनमा सम्पन्न महासंघको बैठकले उक्त निर्णय गरेको हो ।

अधिवेशन सम्पन्न गर्नका लागि बिभिन्न उपसमितिहरु गठन गरिएको छ । कमलराज तिमिल्सिना, माधव अर्याल र कृष्ण दर्नाल रहेको आन्तरिक लेखापरीक्षण समिति गठन गरिएको छ । त्यस्तै लेखापरीक्षणका लागि रजिष्टर्ड लेखापरीक्षक दिवाकर अर्याल एसोसिएट्सलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको छ ।

त्यस्तै पुरस्कार छनौटका लागि महासंघका पुर्व अध्यक्षहरु ¬मेघराज शर्मा, झपेन्द्र गहिरे, गोविन्द भट्टराई र भगवान भण्डारीलाई विभिन्न समितिमा मनोनित गर्ने निर्णय गरेको छ । त्यस्तै अतिथि सत्कारका लागि भरत शर्मा, कृष्ण कार्की र कृष्ण पोखरेल रहेको अतिथि सत्कार समिति गठन गरिएको छ । त्यस्तै मञ्च व्यवस्थापन उपसमितिमा नारायण न्यौपाने, मुक्ति न्यौपाने,डोलराज विक रहेका छन् । त्यस्तै पुरस्कार तथा प्रतिवेदन व्यवस्थापन समितिमा अनिल लिगल, यज्ञमूर्ति तिमिल्सिना र रिमा सोमै रहेको महासंघका सचिव किरण कौशलले बताए ।

Comments
Loading...