परदेशीको मन गाउँतिरै, विपन्न समुदायका छोराछोरीलाई झोला

0 56

पाल्पा। बगनासकाली गाउँपालिकाका २ वटा बिद्यालयमा अध्ययनरत बिपन्न समुदायका बिद्यार्थीहरुलाई झोला बितरण गरिएको छ । पाल्पाली सेवा समाज दोहा कतारले उक्त झोला बितरण गरेको हो ।

खानीगाउँ माध्यमिक बिद्यालय बगनासकाली ७ खानीगाउँमा ६० थान र सोही वडाको दैलातुंग आधारभुत बिद्यालयमा २५ थान झोला बितरण गरिएको हो । यहाँका बोटे तथा दलित समुदायका बालबालिकाहरु झोला नहुँदा हातमै किताव कापी लिएर बिद्यालय आउनुपर्ने समस्या रहेको थियो । जसका कारण कापी किताव हिउँदमा पसिनाले भिज्ने र बर्षात्मा पानीले भिज्ने गर्दथ्यो ।

बिद्यालयसितको समन्वयमा इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले पाल्पाली सेवा समाजलाई यसबारे अनुरोध तथा समन्वय गरेका थिए । दैलातुंग आधारभुत बिद्यालयमा आयोजित झोला बितरण कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक केशव खरालले यसप्रकारको सहयोगले बिद्यालयमा अध्ययनरत बोटे समुदायका बालबालिकाहरुको शैक्षिक बिकासका लागि महत्वपूर्ण टेवा पुग्ने बताए । समाजका अध्यक्ष इश्वर काफ्लेले आफूहरुले आगामी दिनमा पनि यसप्रकारको सहयोगलाई निरन्तरता दिने बताए ।

त्यस्तै खानीगाउँ माध्यमिक बिद्यालयमा आयोजित झोला बितरण कार्यक्रममा बिद्यालयका अध्यक्ष डा. शंकर प्रसाद गैरे, बिद्यालयकी प्रधानाध्यापक कल्पनाकुमारी भुसाल, समाजका अध्यक्ष इश्वर काफ्ले, सचिव रामलाल खाती, कोषाध्यक्ष मिन बहादुर सारु, केन्द्रीय सदस्य गिरीराज बस्याल, इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, पत्रकार नेत्र गैरे, दयाराज न्यौपाने, समाजसेवी डोलराज अर्याल लगायतले आआफ्नो धारणा राखेका थिए ।

Comments
Loading...