परिवार नियोजन तथा यौनिकता शिक्षा बिषयक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

0 31

दयाराज न्यौपाने । (बगनासकाली) पाल्पा
पाचौ राष्ट्रिय परिवार नियोजन दिवश तथा ६० औ नेपाल परिवार नियोजन संघ स्थापना दिवशको अवसर पारी नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजनामा परिवार नियोजन तथा बृहत यौनीकता शिक्षा बिषयक हाजिरी जवाफ प्रतियोगीेता बराङ्दीमा सम्पन भएको छ ।

बगनासकाली गाउँपालिकाको सहयोग तथा युवा सुचना केन्द्र बराङ्दीको समन्वयमा भएको कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रमुख शोवाकान्त न्यौपानेले संस्थाले युवा र परिवार नियोजनका बिषयमा लामो समय देखी काम गर्दै आएको बताए । कार्यक्रममा बराङ्दी , खानीगाउँ चापपानीका गरी ६ समुहको सहभागीता रहेको हाजीरीजवाफ प्रतियोगितामा इन्सेकको पहलमा गठित बेद युवा समुह बराङ्दी प्रथम, चन्द्र माध्यमिक बिद्यालय चापपानी द्धितीय र खानीगाउँ माध्यमिक बिद्यालय खानीगाउँ तेश्रो भएका छन् ।

बिजेतालाई स्टेस्नरी तथा प्रमाण पत्र वितरण गरिएको थियो । बिजेता समुहलाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले युवा शसक्तीकरण र प्रगतीले समाजको बिकासमा टेवा पुग्ने बताए । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका कार्यबाहाक अध्यक्ष चित्रबली राम सुवालले हाजीरी जवाफ प्रतियोगिताले शैक्षिक तथा व्यक्तित्व बिकासमा टेवा पुग्ने बताए । कार्यक्रममा बगनासककाली गाउँपालिकाका स्वास्थय शाखा उपप्रमुख ठानेश्वर बस्याल, बेद माध्यमिक बिद्यालय बराङ्दीका प्रधानाध्यापक डिल्लीराज पाण्डेय, शिक्षक जगदिश बस्याल, पत्रकार दयाराज न्यौपाने, युवा संयोजक माला न्योपाने लगायतले बोल्दै परिवार नियोजन संघले गरेको सकारात्मक कामको चर्चा गरे ।

प्रतियोगिताको सहजीकरण सुनिल कार्कीले गरेका थिए । युवा सुचना केन्द्र बराङ्दीका संयोजक बरुण बस्यालको संचालन र वडा अध्यक्ष गणेश प्रसाद बस्यालको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

Comments
Loading...