पर्यटक भित्र्याउन कस्सिदै ओलेसका युवा

0 196

माया बस्याल । (माथागढी) पाल्पा
माथागढी गाउँपालिकामा रहेको जिल्लाकै अग्लो स्थान कौडेलेकको आन्तरिक तथा वाह्य पर्यटन प्रबर्धनका लागि स्थानीय युवाहरु लागिपरेका छन् ।

स्थानीय युवा नेत्र सारुले स्थानीय ओलेस गाउँका युवाहरु संगठित भएर ओलेसको कृषि, आन्तरिक तथा वाह्य पर्यटन आगमनलाई सहज वातावरण निर्माण, होमस्टे संञ्चालन कला संस्कृति जगेर्ना गर्नको लागि आफुहरु लागिपरेको बताए । गाउँको विकास तथा गाउको मुहार फेर्ने र विदेशीएका युवालाई स्वरोजगार तुल्याउन विभिन्न कदम चालिएको छ उनले बताए । यसका लागि स्थानीय सरकारले पनि महत्व दिएको छ सराई युवा क्लवले पनि धेरै साथ दिएको छ त्यसका लागि विशेष धन्यवाद दिनु चाहान्छु । उनले भने ।

गत वर्ष स्थानीय सरकारले बजेट विनियोजन गरि आफुहरुलाई होम स्टे अवलोकनका लागि चितवन लगेको र त्यसैको प्रभावबाट आफुहरुले गाउमा होम स्टे सुरु गरि आउने पाहुनाहरुलाई स्वागत गर्न थालिएको उनले बताए । युवाहरुबाटै स्थानीय स्तरमा किवि खेती पनि सुरुवात गरिएको र अहिले किवि खेती अवलोकनका लागि टाढाटाढाबाट समेत मानिसहरु आउन थालेको उनले बताए ।

यसैबीच समाजसेवी विक्रम राना, वडा अध्यक्ष दिपक थापा, सराई युवा क्लब अध्यक्ष खोम ब गाहा, युवा गन बहादुर चिदी थापाले संयुक्त रुपमा स्थानीय सालैजो लोक भाका रेकर्डिङ तथा जगेर्ना गर्नका लागि १७ हजार रुपैया“ सहयोग समेत गरेका छन् ।

उनीहरुले उक्त रकम नेत्र सारुलाई हस्तान्तरण गरे । वडा अध्यक्ष दिपक थापाले कलासंस्कृति संरक्षण तथा प्रवर्धनका लागि पूर्ण रुपमा सहयोग गर्ने स्थानीय सरकारबाट पनि सहयोगका लागि चाल्नु पर्ने कदम चालिनै रहेको वर्तमान अवस्थामा पनि वडाकै विकासोन्मुख कार्यक्रममा पनि अरु ठाउमा भन्दा बढी ओलेस टोललाई सम्बोधन गरिएको बताए । उनले ओलेसका सबै ब्यक्तिहरु एक जुट भएर लाग्न सके यस क्षेत्रको पर्यटन प्रवर्धनमा कुनै समस्या नहुने बताए । युवा क्लवका अध्यक्ष खोम बहादुर गाहाले कलासंस्कृति संरक्षण महत्वपुर्ण रहेको बताए ।

Comments
Loading...