पर्यटन पत्रकार संघको अध्यक्षमा रायमाझी

0 21

पाल्पा । पाल्पामा पर्यटन सम्बन्धी कलम चलाउने पत्रकारहरु संगठित भएका छन् । पाल्पा । पाल्पामा पर्यटन सम्बन्धी कलम चलाउने पत्रकारहरु संगठित भएका छन् ।

पर्यटन पत्रकारहरुको भेलाले पाल्पा समाचार डटकमका समाचारदाता भुवन रायमाझीको अध्यक्षतामा १३ सदस्यीय नेपाल पर्यटन पत्रकार संघ शाखा पाल्पा गठन गरेका छ । संघमा उपाध्यक्षमा सञ्जिला कार्की, सचिव बिष्णु पाण्डे,सहसचिव कमल बस्याल र कोषाध्यक्ष सुनिल कार्की लगायत १३ सदस्यीय पर्यटन पत्रकार संघ गठन गरिएको हो ।  पाल्पामा रहेका धार्मिक र पर्यटन संग सम्वन्धि खबर जुन प्रचार प्रसार हुन सकेका छैनन् यस्ता खबर लाई महत्वका साथ आफु आबद्ध मिडियाबाट उठान गरिने अध्यक्ष रायमाझीले बताए ।

पाल्पा आउने पर्यटकलाई गाउगाउसम्म पु¥याउने र केही दिन घुम्न र रमाउन सक्ने वातावरण तयार पार्ने हो भन्ने जिल्लाको आर्थिक पाटो समेत बलियो हुने उनले बताए । पर्यटन पत्रकार संघ पत्रकार महांसघ पाल्पा संगको सहकार्यमा काम गरिने बताईएको छ ।

Comments
Loading...