पश्चिम पाल्पाबासीले सोमप्रसादलाई भोट दिने बिश्वास दिलाए

0 18

पाल्पा । पश्चिम पाल्पाका रैनादेबी छहरा गाउँपालिका अन्र्तगत भुवनपोखरी र सिद्धेश्वरका मतदाताले प्रतिनिधिसभामा बाम गठबन्धनका तर्फबाट उम्मेदवार सोमप्रसाद पाण्डेलाई मत दिएर बिजयी गराउने बिश्वास दिलाएका छन् ।

उम्मेदवार पाण्डे यतिबेला जनतासँग अन्र्तक्रिया तथा भेटघाट सहित मत माग्दै पश्चिम पाल्पाका बिभिन्न वडाहरुमा ब्यस्त छन् । उनलाई युवादेखि बृद्धसम्मले स्वागत सम्मान गरिरहेका छन् । भेटघाटका क्रममा पाण्डेयले चुनावका बेला भाषण मात्रै नभई साच्चै जनभावना अनुसारको काम आफूले गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै प्रदेशसभाका उम्मेदवार बसन्त घर्ती पनि उनीसँगै मत माग्न जनताको घर दैलोमा छन् । उम्मेदवारहरुको साथमा नेकपा एमाले र माओवादी केन्द्र आवद्ध नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको छ ।

Comments
Loading...