पाडा पालनमा रिब्दीकोटको फड्को, निर्यातमुखी बन्छौंः अध्यक्ष जिसी

0 31

नेत्र गैरे । पाल्पा
रिब्दीकोट गाउँपालिकाले आर्थिक उपार्जनको कामलाई प्राथमिकता दिएको छ । गाउँपालिकालाई मासुमा आत्म निर्भर बनाउनका साथै जनताको उत्पादनलाई निर्यातमुखी बनाउन गाउँपालिकाका वडा नं. २,३ र ४ मा मासुको लागि रागा पालन पकेट क्षेत्र कै रुपमा बिकास गर्न कार्यक्रम बनाएको रिब्दीकोट गाउपालिकाका अध्यक्ष नारायण जिसीले बताए । यस बर्ष पशु तथा कृषि कार्यमा कृषकलाई प्रोत्साहन साथै आत्म निर्भर गराउन करिव डेढ करोड बजेट बिनियोजन गरिएको उनले बताए । उनले भने– “न्युन आय भएका जनतालाई अनुदानमा पाडी पालन कार्यक्रम संचालन गर्न लागिएको छ ।”

यसै कार्यक्रम अनुसार गत आर्थिक वर्षदेखि गाउँपालिकाको वडा नं. ४ भार्कोटका ४ जना कृषकहरुको समुह बनाई २५ वटा पाडा पाल्न थालेका छन् । करिव १७ रोपनी क्षेत्रफलको जग्गा भाडामा लिई कामको सुरुवात गरेको कालिका पाडा पाडी पालन समुहका अध्यक्ष यज्ञ प्रसाद ज्ञवालीले बताए । उनले ५ नं. प्रदेश सरकारबाट प्राप्त ४ लाख र स्थानीय तहबाट १ लाख ५० हजार गरि जम्मा ६ लाख ५० हजार बिउ पुजीबाट पाडा पाडीको लागि गोठ निर्माण गरि कामको थालनी गरेको बताए । संघीय सरकारको राज्यलाई मासुमा आत्म निर्भर गराउन ल्याएको नीति तथा कार्यक्रम अनुसार आफुहरुले काम सुरु गरेको बताउदै आउदो पुस्तालाई स्वरोजगार बनाउन सघाउ पुग्नेगरि कामको थालनी गरेको उनले बताए ।

समुहका सदस्य तुल बहादुर अधिकारीले आफु १५÷१६ बर्ष भारतमा नोकरी गरि आफ्नै देशमा फर्की काम गर्न थालेको बताए । भारतबाट फर्केपछि सुरुमा अदुवा उत्पादन गरें गाउ“मा अरुको अदुवा खरिद गरेर बेचें, भारतमा अदुवा बिक्न छोड्यो, धुलो बनाई बजार खोज्दै हिडें त्यो व्यवसायले गुजारा नचले पछि पाडा पालनको व्यवसाय शुरु गरेको छु । उनले भने ।

गाउँपालिकाको यस आर्थिक बर्षको निति तथा कार्यक्रम अनुसार पशुपालन व्यवसायमा थप अनुदानका कार्यक्रम ल्याई दुधजन्य उत्पादन तथा मासुमा आत्मनिर्भर बनाउनुका साथै निर्यात गर्न सक्ने अवस्थाको सिर्जना गरिने, पशु उत्पादन तथा उत्पादकत्वमा बृद्धि ल्याउन नश्ल सुधार कार्यक्रमलाई निरन्तरता दिईने, व्यवसायिक पशुपालनतर्फ आकर्षित गर्न विशेष अुनदानमा पाडा पाडी वितरण गरी युवा युवतीहरुलाई गाउ“भित्रै स्वरोजगार बनाईने र पशुपालक कृषकहरुलाई पशुधन सुरक्षणका माध्यमद्धारा पशु बिमा कार्यक्रमलाई निरन्तरता दिईने गाउपालिकाले जनाएको छ ।

गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले ग्रामीण समुदायका मानिसहरुलाई शहरमुखी हुनबाट रोकी स्थानीय स्तर मै स्वरोजगार बनाई आत्म निर्भर गराउन पशुपालनको कार्यक्रम अगाडि सारिएको बताए । गाउमा अवसर छैन भन्नेहरुका लागि पाडा पालन कार्यक्रम गतिलो उदाहरण हुने भन्दै उनले यसले गाउमा काम गर्न सके प्रसस्त पैसा छ भन्ने कुराको आधार बन्ने बताए ।

रिब्दीकोट गाउपालिकाका प्रवक्ता बिष्णु खनालले गाउपालिकाले वडा स्तरीय अभियान अन्र्तगत युवा स्वरोजगारका कार्यक्रमहरुलाई अगाडि बढाएको बताए । उनले युवा जनशक्तिले गाउमै केही गर्न सके भने एकातिर युवा पलायन पनि रोकिने र अर्कोतिर स्वरोजगारी समेत बढ्ने भएकोले पनि यस्ता कार्यक्रमहरु महत्वपुर्ण रहेको उल्लेख गरे ।

रिब्दीकोट गाउपालिकाले उद्यमशीलता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । यसअघि पनि एकल महिलाहरुका लागि तालिम नै संचालन गरि उनीहरुलाई आयआर्जनको बाटोमा हिड्न प्रेरित गरेको थियो । अहिले धेरै एकल महिला उद्यमशील भएका छन् ।

Comments
Loading...